सरकारले दाङमा जग्गाको खरिदबिक्री रोक्यो, तर व्यवसायीले थाले अनौपचारिक कारोबार

राप्ती गाउँपालिका भित्र पर्ने जग्गा गत चैत महिनामा ८ लाख रुपैयाँ कट्ठा खरिद गर्नेगरी कुरा टुंगियो। जग्गा खरिद गर्ने व्यक्तिले अहिले कुरा चलाए । तर, जग्गा धनीले प्रति कट्ठा १२ लाख रुपैयाँमा  बिक्री गर्ने बताए । त्यसपछी जग्गाको कारोबार अघि बढ्न सकेन।

प्रदेश-५ को स्थायी राजधानीको प्रस्ताव आएसँगै राप्ती गाउँपालिका, गढवा गाउँपालिका वडा नं. १ र २, शितगंगा गाउँपालिका वडा नं. ८ र ९ को जग्गाको मुल्य अस्वभाविक रुपमा वृद्धि भएको छ। प्रदेश ५ सरकारले जग्गाको कित्ता काट र रजिष्ट्रेसन पास रोक्का गरे पनि अनौपचारिक कारोवार सुरु भएको पाइएको छ।

‘रजिस्ट्रेसन पास नभएपनि जग्गा खरिद बिक्रीको कागज बनाएर आपसी लेनदेनमा जग्गाको कारोवार सुरु भएको छ,’ स्रोतले भन्यो- ‘यसरी कारोवार गर्दा जग्गा धनी र व्यवसायी दुवैलाई जोखिम पनि हो। तर, सरकारले जग्गाको खरिद बिक्रि रोकेपनि अनौपचारीक कारोबार भने सुरु भइसकेको छ।’

प्रकाशित मिति: : 2020-10-04 23:09:28

प्रतिकृया दिनुहोस्