
अनलाइनखबर
विद्युत प्राधिकरणबाट २६ वर्षपछि सेवानिवृत्त भएका कुलमान घिसिङ अहिले अनिच्छित र पट्यारिलो फुर्सदमा छन् । देशका लागि काम गर्ने हुटहुटी मनमा बोकेर घरमा निस्क्रिय बस्नुपर्दा पक्कै पनि उनको व्यग्रता बढीरहेको होला ।
६ वर्षअगाडि चिलिमे हाइड्रोपावरबाट काजमा मन्त्रालय तानिँदाका दिनहरु सम्झिरहेका छन् कुलमान । त्यो बेला पनि यस्तै खालको मनोदशामा उनी थिए । फरक के मात्र भने, त्यो बेला उनीसँग ‘जागिर’ थियो, अहिले छैन । त्यसबेला जागिर भए पनि दुई वर्षसम्म उनी जिम्मेवारीविहीन थिए । उनी दैनिक मन्त्रालय जान्थे, तर बस्नका लागि कुर्सी–टेबलसम्म थिएन ।
‘हाजिर गरेपछि साथीहरुको कोठामा गएर बस्थेँ, कहिले चौरतिर टहलिन्थेँ,’ उनी सम्झिन्छन्, ‘बेलुका हाजिर गरेर भारी मनले घर फर्किन्थेँ ।’
तथापि त्योबेलाको फुर्सदलाई उनले केही न केही सदुपयोग अवश्य गरे । उनको कार्यालय समय मूलतः अध्ययनमा बित्थ्यो । कार्यालय जाँदा सधैं झोलामा ल्यापटप बोकेर जान्थे । त्यसमा ऊर्जासम्वन्धी अनेकन सामग्रीहरु उनले संग्रह गरेका थिए । त्यसैको अध्ययन गरेर दिन बिताउँथे ।
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
इतिहासमा भदौ ९- भक्तपुर काण्ड (कालो दिवस)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया