नर्भिक अस्पतालका अध्यक्ष वसन्त चौधरीलाई कोरोना संक्रमण

थापाथलीस्थित नर्भिक अस्पतालका अध्यक्ष वसन्त चौधरीलाई कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ।

आफूलाई काेराेना पोजिटिभ देखिएको कुरा उनी आफैंले बुधबार सामाजिक सञ्जाल टि्वटरमार्फत जानकारी दिएका हुन्। 

केही लक्षण देखिए पनि आफ्नाे स्वास्थ्य सामान्य रहेकाे उनले लेखेका ५न्।

चिकित्सकको सल्लाहबमाेजिम उनी अहिले घरमै आइसोलेनमामा बसेका छन्। 

पाँच दिनयता आफूसँग सम्पर्कमा रहेकालाई सतर्कता अपनाउन पनि अध्यक्ष चाैधरीले आग्रह गरेका छन्।

प्रकाशित मिति: : 2020-10-21 08:06:00

प्रतिकृया दिनुहोस्