राजेश मिश्रा
पर्साको विन्ध्यवासीनी गाउउँपालिकामा नेकपाको शपथ ग्रहण कार्यक्रममा भएको झडपमा मुकेश चौरसियाको मृत्यु भएपछि दलभित्रको गुटबन्दी छर्लङ्ग भएको छ । एक साताको विरोधपश्चात् अन्ततः मुद्दा दर्ता भयो । यसअघि बलात्कार, एसिड प्रहार, हत्या लगायतका थुप्रै घटनाहरु न्याय निरुपणको पर्खाइमा छन् । यसर्थ, केन्द्रीय शासनमा रहेको सत्तारुढ दलसउँग सम्बन्धित यस घटनाको हस्क्षेपरहित छानबीन र कार्यवाही सर्वत्र चासोको विषय हुनु स्वभाविक नै हो ।
दुई फरक सिद्धान्त बोकेका राजनीतिक दल अढाई वर्षअघि आपसमा समाहित त भए तर ‘नून–पानीको मिश्रण’ झैं ‘क्षारीय घोल’ को रुपमा रहेको कुरा विभिन्न परिदृश्यले देखाउँछ ।
जाहेरीमा उल्लिखित एक जनाको नामको कारण दलगत विभाजन प्रकट भएको छ । सामान्य कार्यकर्तादेखि शीर्षस्थसम्म दुई कित्तामा उभिएका छन् । व्यक्तिवादी नजदिकीकरणले न्यायिक उत्तरदायित्व कसरी ओझेल पर्छ भन्ने कुरा सर्वत्र चर्चाको विषय बनेको छ ।
कुनै पनि देशको संविधान र कानूनको मर्मअनुसार निर्दोषले सजाय पाउनुहुँदैन र दोषी पात्र कुनै पनि हालतमा उम्कनुहुँदैन भन्ने विश्व्यापी कानूनी सिद्धान्त हो । कानूनी प्रक्रिया हस्तक्षेपरहित, स्वच्छ र पारदर्शी हुनुपर्छ ।
शासनमा आफ्नो प्रभुत्वको अहंकार पात्रले अन्यलाई प्रभावशाली देख्न/सुन्न रुचाउँदैन । फस्वरुप एक दल र सिद्धान्तमा आवद्ध रहे पनि अन्तर्घातको प्रक्रिया अदृश्य हुन्छ । तर, कसैसँग लुकेको पनि हुँदैन ।
अन्तर्घातको प्रवृत्ति कुनै एक दलभित्र नभई दलैपिच्छे रहेको स्पष्ट छ । ‘दलपति’ हरुले सांगठनिक संरचनालाई बलियो बनाउने नाममा कुशल पात्रभन्दा पनि अकुत आर्थिक सम्पत्ति र सामाजिक बाहुबली प्रकृतिका पात्रहरुको छनौटमा बढी केन्द्रित हुन्छन् ।
फलस्वरुप शासन व्यवस्था र सत्ताशक्तिको चरम दुरुपयोग यहीँबाट विकसित हुन्छ । ‘कोतवाल’ शब्द मुगल शासन व्यवस्थादेखि अस्तित्वमा आएको हो । सन् १९७६ मा प्रकाशित ‘हिन्दी विश्वकोश खण्ड–३’ मा उल्लेख भएअनुसार, स्थानीय प्रहरी प्रमुखलाई ‘कोतवाल’ र प्रहरी कार्यालायलाई ‘कोतवाल’ जनाउँछ ।
मुुगल कालमा प्रहरीको कार्य केवल शान्ति व्यवस्था स्थापनामा मात्र सीमित थिएन । यद्यपि धार्मिक, नैतिक र जनउत्तरदायित्वमा समेत सन्निहीत थियो । यो सबै कत्र्तव्यको पालना गराउनको निमित्त नगर र गाउँदेहात क्षेत्रमा प्रहरीको अधिष्ठाता क्रमशः ‘कोतवाल’ र ‘फौजदार’ हुन्थे ।
मुगलकालीन कोतवाल र आधुनिक प्रहरी प्रशासनमा जनउत्तरदायित्वको सवालमा समानता भए पनि शक्ति र कर्तव्यको प्रकृतिमा ठूलो भिन्नता छ । आधुनिक प्रहरीलाई सार्वजनिक निकाय र नागरिकको नैतिक आचरणको हेरचाह गर्नुको साथै सामान्यतया तबसम्म कुनै कार्यवाही हुँदैन जबसम्म व्यक्तिले आचरणविरुद्ध वा अवैधानिक वा दण्डनीय कार्य गरेको पाइँदैन ।
विगतको शासन व्यवस्था ‘हुकुमत’ मा आधारित थियो । कानूनको परिधिभन्दा पनि ‘हुकुम’ भए बमोजिमको कार्यसम्पादनको सवालमा प्रमुखहरुले नतमस्तक हुनैपथ्र्याे । तर, आजको परिवेशमा पनि सोही मुगलकालीन प्रक्रिया दोहेरिनु गणतन्त्रको उपहास हो ।
मुगलकालमा सत्ता सञ्चालकले कोतवाललाई आफूखुशी चलाउने प्रवृत्ति र कोतवालको पदभारमा रहेको पात्रका आफन्तजनको दम्भपूर्ण कार्यशैलीको कारण ‘सैंया भए कोतवाल, अब डर काहेका’ भन्ने कहावत प्रचलनमा आएदेखि नै निरन्तरता पाएको हो । यसको भावार्थ यसरी बुझ्न सकिन्छ ।
एक महिला– जसका पति थानेदार/कोतवाल हुन् । उनी आफ्ना साथीसँग हेलमेटबिना स्कूटीमा बाहिर गइन् । साथीले भनिन्, ‘ए, तिमीले हेलमेट लगाउनुपर्छ ।’ श्रीमतीले तन्किदै गर्वका साथ भनिन्, ‘तिमी चुपचाप पछाडिको सीटमा बस है, तिमीलाई थाहा छ नि ! मेरो श्रीमान् थानेदार (कोतवाल) हुन् र म साथमा छु भने तिमीलाई केको डर !?’
बाहुबली चरित्र अराजनीतिक गतिविधि हो यद्यपि धेरैजसो घटनामा यस्तो मनोवृत्ति उजागर भइरहन्छ । गैरराजनीतिक प्रवृत्ति कुनै अमूक दल वा पात्रमा मात्र सीमित छैन ।
आफूलाई सामाजको वर्चश्वशाली व्यक्तिको रुपमा हेर्ने पात्रबाहेक कानून उलंघनको घटना सामान्यजनबाट शून्यप्रायः छ भन्ने तीतोसत्य हो । शक्ति र दम्भको दुरुपयोग गर्ने प्रवृत्ति जनअपेक्षाको घोर मानमर्दन हो ।
राज्यको उत्थान र सामाजको भलोका निम्ति राज्यका विभिन्न तहतप्कामा विराजमान पात्रहरु विगतमा पनि हुन्थे, आज पनि छन् र भविष्यमा पनि रहनेछन् । ‘देश हितायको सवालमा अहोरात्र खटिरहकोे छु’ भन्ने आशयमा आधारित शब्दहरु राज्य सञ्चालकदेखि लिएर सरकारको विभिन्न तह र तप्काबाट बेला–बेलामा प्रष्फूटित भइरहन्छ तर सतही रुपमा कार्यान्यवयन पक्ष जनाकांक्षाविपरीत भएकोले द्दण्डहीनताले प्रश्रय पाइरहेको छ । कार्यान्वयन हुने गरी कर्तव्य निर्वाह नभएसम्म भनाइको कुनै अर्थ हुँदैन ।
विगतको शासन व्यवस्थामा जुन असमाजिक व्यवहार राज्यबाट हुन्थ्यो, सोविरुद्धमा राज्यमा पटक–पटक विद्रोह भयो । शासकीयस्वरुप परिवर्तन भए मात्र कानूनीलगायतका सम्पूर्ण प्रक्रिया सबल हुन्छ भन्ने मनोकांक्षामा रहेको नागरिकले दलहरुको विभिन्न आन्दोलनमा साथ पनि दिए ।
गणतन्त्र बहाली भयो तर सुशासनको सपना साकार हुने जनआकांक्षा दिवास्वप्नतुल्य अनुभुति भइरहेको छ । कैयन यस्ता पीडित वर्गहरु छन् जसले हृदयमा महसुस हुने सुशासनको प्रतीक्षामा छन् । तर, शासकीय पद्दति परिवर्तन भए पनि पात्रहरुको चरित्रिक परिवर्तन कहालीलाग्दो छ । शासन व्यवस्थाबाट भूइँतहसम्म सुशासन महसुस गराउन नसक्नु नै किंकत्र्तव्यविमूढ सत्ताको आधारशीला अपराधीकरण हो भन्ने आमजनको बुझाइ पुष्टि हुन्छ ।
राज्यबाट नागरिकले के अपेक्षा गर्दछ ? राज्यको जुनसुकै तहमा रहेको पात्रले पनि सजिलोसँग यस प्रश्नको उत्तर दिन सक्छन् र दिँदै आएका पनि छन् । उक्त प्रश्नको उत्तर सजिलो छ– नागरिक सुशासन चाहन्छन् । यो हिजोकै तयारी उत्तर हो । आज पनि यही उत्तर दोहोरिँदै छ ।
सत्तासीनहरुले भूइँतहको आवाज सुक्ष्म रुपमा सुन्ने हो भन्ने ‘गणतन्त्रको बहाली होइन, बदहाली भइरहेको छ’ भन्ने क्षोभजनित जनस्वर गुञ्जित भइरहेको छ ।
यसर्थ, जनस्वर अनुभुति गर्नको लागि दम्भरहित वातावरणमा नागरिकको घरदैलोसम्म पुग्नु बेश हुनेछ । राजनीतिक दलहरु असामाजिक पुष्ठभूमि भएका पात्रहरुको ढालको रुपमा प्रयोग भइरहेसम्म सामाजिक न्याय ‘दुधको दुध र पानीको पानी’ हुन सक्दैन ।
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
झापा–५ मा बालेन शाह भारी मतान्तरले विजयी, ढल्यो ओलीको अहंकार
'बालेन बेग'बाट नजोगिने नै भए गगन थापा
उडायो सपना धेरैको बाहुबली 'बालेन बेग'ले
सुशीलाले सुसेलेका चुनावी सुसेलीहरू
मेरी वृद्ध आमाको हातमा बजिरहेको इशाराको घण्टी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया