आइतबार, ०७ सेप्टेम्बर २०२५

अक्सफोर्डको अनुसन्धान– कोरोनाबाट ठिक हुने धेरै व्यक्तिमा मानसिक समस्या

News Image
• • •

कोरोनाको विषयमा एउटा नयाँ जानकारी विश्व चर्चित विश्वविधालय अक्सफोर्डले सार्वजनिक गरेको छ।

अक्सफोर्ड विश्वविधालयका विशेषज्ञहरूको एउटा टोलीले आफ्नो अध्ययनमा कोरोनासँग सम्बन्धित एउटा तथ्य पत्ता लागेको दावी गरेको छ। 

जसमा कोरोना संक्रमित ५ व्यक्तिमध्ये १ लाई ९० दिनभित्र मानसिक समस्या भएको बताइएको छ। अध्ययनले टाउको सम्बन्धि विभिन्न समस्या देखिएको बताएको छ। 

विशेषज्ञको टोलीले कोरोना संक्रमणबाट बाहिरिन सफल भएका विभिन्न व्यक्तिसँग सोध गरिएको बताएको छ। यसमा २० प्रतिशत व्यक्ति संक्रमणबाट बाहिरिए पनि उनीहरूमा  मानसिक समस्या देखिएको बताइएको छ। धेरै जसो व्यक्तिमा एन्जाइटी, डिप्रेसन र इनसोम्निया जस्ता समस्या देखिएका छन्।

बिहिबार, कार्तिक २७, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)