आइतबार, ०७ सेप्टेम्बर २०२५

पढाइमा शहरकै टपरको सुसाइट नोट- मेरो शिक्षा एक बोझ हो

काठमाडौंप्रेस

काठमाडौंप्रेस

काठमाडाैं
News Image
• • •

भारत, कात्तिक २७ : उनी सरकारी सेवामा जान चाहन्थिन्। कलेजको पढाइ पूरा  गर्न चाहन्थिन्। तर, उनीसँग कोचिङ क्लासका लागि पैसा थिएन। एक वर्षपछि होस्टलबाट निकालिने चिन्ताले सताइरहेको थियो। अनलाइन क्लासका लागि ल्यापटप खरिद गर्न उनी जुधिरहेकी थिइन्। 

उनी थिइन्– ऐश्वर्या रेड्डी। उनको ठूलो पढ्ने इच्छा थियो। तर, उनी आत्महत्या गर्न बाध्य भइन्। कुनै बेला शहरकी टपर उनी आर्थिक समस्यासँगको लडाइ हारिन्। उनका आखिरी शब्द थिए, ‘म घरका लागि आर्थिक बोझ बनेको छु। मेरो शिक्षा एक बोझ हो। म पढाइ बिना जिउँदो रहन सक्दिनँ।’

उनले पढाइका लागि गरेको संघर्ष केही महिनाको होइन, यो लामो संघर्ष हो। हैदराबादबाट ५० किलोमिटर टाढा ऐश्वर्या रेड्डीको घर छ।

बीबीसी टोली ऐश्वर्याको घर पुग्दा मिडियाले घर घेरेका थिए। परिवारलाई सान्त्वना दिन राजनीतिक दलका नेताहरु घर आउने जाने गरिरहेका थिए। ऐश्वर्याका पिता गान्ता श्रीविनास रेड्डी एक मेकानिक हुन्। उनकी आमा सुमति घरमा सिलाइको काम गर्छिन्। 

ऐश्वर्या बाल्यकालदेखि नै मेहनती विद्यार्थी थिइन्। उनले १२ कक्षासम्म निःशुल्क शिक्षा पाइन्। उनले १२ कक्षामा ९८ प्रतिशतभन्दा धेरै अंक ल्याएर पूरै शहरलाई टप गरेकी थिइन्।

उनले १२ कक्षामा ल्याएको नम्बर देखेर परिवारका एक परिचितले नयाँ दिल्लीस्थित श्रीराम कलेजमा भर्ना गर्न सुझाव दिए। उनले ऐश्वर्याको भर्नामा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे। ऐश्वर्या सिभिल सेवामा जान चाहन्थिन्। उनलाई बीएससी ओनर्स म्याथम्याटिक्स कोर्समा लेडी श्रीराम कलेजले भर्ना समेत लियो।

तर, कलेजको यो नियम छ कि कोर्सको पहिलो वर्षपछि होस्टलको सुविधा पाइँदैन। ऐश्वर्यालाई यो नियमबारे जानकारी थियो। उनलाई एक वर्षपछिको चिन्ताले सधैँ सताउँथ्यो। उनी ग्राजुएशनपछि सिभिल सेवाको तयारी गर्न चाहन्थिन्। तर, कोचिङका लागि पैसा जम्मा गर्नु उनका लागि एक चुनौती बनेको थियो।

ऐश्वर्याका आमा–बुवा उनको पढाइ जारी राख्न दिनरात कोशिश गरिरहेका थिए। उनीहरुले छोरीको पढाइका लागि घर जग्गा समेत धितोमा राखेका थिए। 

बिहिबार, कार्तिक २७, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!