लक्ष्मीपुर पतारीका स्थानीय भन्छन्ः अनियमितताको समाचार लेख्न पत्रकारहरू पन्छिन्छन् (भिडियाे)

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा मौलाएको बेथितिको विरोधमा स्थानीयहरू पटक–पटक आन्दोलनमा उत्रिएका छन्। 

उनीहरूले यहाँ भइरहेको आर्थिक अनियमितताको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत राज्यको विभिन्न सम्बन्धित निकायमा पनि उजुरी गरेका छन्। तर यहाँ मौलाइरहेको बेथितिको विषयमा छानवीन त टाढाको कुरा, खोजीनीति पनि भएको छैन। 

यसले स्थानीय वासिन्दा निरास देखिन्छन् भने राज्यका विभिन्न निकायप्रति उनीहरूको जनविश्वास घट्दै गइरहेको छ। 

लक्ष्मीपुर पतारी गाउँपालिका–३ का फेकु यादवले बिएल नेपाली सेवालाई दिएको जानकारी अनुसार राज्यको निकाय मात्र होइन, देशको चौथो स्तम्भ मानिएको पत्रकारहरूले पनि यहाँको भ्रष्टाचारको विषयमा आँखा चिम्लिदिएकोमा स्थानीयहरू निरास छन्। 

बिएल नेपाली सेवाले लक्ष्मीपुर पतारी गाउँपालिकामा भइरहेको चरम आर्थिक दूरुपयोगको समाचार शृंखलाबद्ध रूपमा लेख्दै आइरहेको छ। 

यादव पतारी बजारमा सामान्य व्यापार पनि गर्दै आइरहेका छन्। उनी जनप्रतिनिधिको काम गराईबाट गाउँपालिकावासी सन्तुष्ट हुन नसकेको बताउँछन्। ‘न कृषिमा बिधुतीकरण गर्न सकेको छ, न बाटोघाटो बनाउन नै सकेको छ,’ यादवले भने, ‘पतारीमा पोखरीको डिल बनाउने नाममा करोडौं रूपैयाँको अनियमितता भएको छ।

No description available.

२५–३० लाखमा हुने काममा करोड खर्च देखाइएको छ। बाटोघाटोमा करोडौं खर्च भएको हिसाब देखाएपनि हिँड्न नहुने अवस्था छ। कृषिमा पनि खासै काम भएको छैन।’

गाउँपालिका अध्यक्ष रामबल्लभ साह आफूहरू विपक्षी भएका कारण कुनै कुराको सुनवाई नहुने बताउँछन्। ‘यहाँ जनताको गुनासोको सुनवाई नै हुदैन। मनपरीतन्त्र र अनियमितताको विषयमा ठाउँ ठाउँमा पुगेर कुरा गर्‍यौं। तर, अहिलेसम्म सुनुवाई भएको छैन।’

उनले भिडियो अन्तर्वार्तामा भने, ‘वर्षमा ३–४ करोड आउँछ। तर, वडामा ३–४ लाखदेखि बढीको काम भएको देखिदैन।’

उनको दावी अनुसार गाउँपालिका अध्यक्ष, वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको रोहवरमा भ्रष्टाचार मौलाएको छ। हाल लक्ष्मीपुर पतारी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत सुमित्रा लामा नियुक्त छिन्। 

No description available.

विकाश निर्माणको काम गर्दा उपभोक्ता समितीमा गाउँपालिका प्रमुखले आफ्नै भतिजा विजयकुमार साह, अजयकुमार साह र नाती पप्पु साहलाई राखेको यादवको दावी छ। उनले भने, ‘गाउँपालिकाको भवन बनाउने र वाल उठाउने काममा पनि भ्रस्टाचार भएको छ। सबैभन्दा ठूलो भ्रस्टाचार गाउँपालिका अध्यक्षले गरेका छन्।’

याे पनि

१) मधेशी दलित उभ्याएर लाखौँ अनियमितता

२) कृत्रिम उपभोक्ता समिति खडा गरेर करोडौँ अनियमितता

३) वडाध्यक्ष हनुमान मण्डलका दाजुभाइले पनि ठड्याए पक्कि घर (भिडियाेसहित)

४) अनियमितता गर्दै, घर ठडयाउँदै, अख्तियार मौन

५) सचिवबीच आफ्नै नाममा बजेट निकासा गर्ने होडबाजी

६) राजा हरिसिहं देवले खनेको पोखरीको नाममा ब्रम्हलूट (भिडियाेसहित)

प्रकाशित मिति: : 2020-11-19 17:50:00

प्रतिकृया दिनुहोस्