
बिएल संवाददाता
काठमाडौंका विभिन्न स्थानमा आज (शनिबार) मध्याह्नदेखि २ घण्टा विद्युत् बन्द गरिने भएको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार बानेश्वर सब-स्टेसनअन्तर्गत मर्मत गर्नुपर्ने भएकाले मध्याह्न १२ देखि दिउँसो २ बजेसम्म बिजुली बन्द गरिने भएको हो।
प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ : ‘बानेश्वर सब-स्टेसनको ११ केभी बसबारमा मर्मत गर्नुपर्ने भएकाले दिनको १२ बजेदेखि २ बजेसम्म उक्त सब-स्टेसनबाट विस्तारित धोबिखोला, बागमती, कोटेश्वर, बानेश्वर, पुरानो एरपोर्ट र लुभु फिडरहरू सटडाउन हुने हुँदा उक्त एरियाका ग्राहक वर्गमा पर्न जाने असुविधा प्रति क्षमाप्रार्थी छौं।’
तर, मर्मत निर्धारित समयअगावै सकिएमा अगाडि नै विद्युत् सञ्चालन गरिने पनि प्राधिकरणले जनाएको छ।
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
इतिहासमा भदौ ९- भक्तपुर काण्ड (कालो दिवस)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया