शुक्रबार, १९ सेप्टेम्बर २०२५

बिहे गरेकाे दुई महिनामै गर्भवती भइन् नेहा

News Image
• • •

लामो सस्पेन्सपछि विवाह गरेकी बलिउडकी सफल पाश्र्व गायिका नेहा कक्कड दुई महिनामै गर्भवती भएकी छिन्। 

नेहाले सामाजिक सञ्जालमा ‘बेबी बम्प’ देखाउँदै गर्भवती भएको जानकारी दिएकी छिन्। 

नेहाका श्रीमान् रोहन प्रितले कमेन्ट गर्दै अब बढी ख्याल गर्ने बताएका छन्। उनले कमेन्टमा लेखेका छन्, ‘अब त अझै बढी ख्याल राख्नुपर्नेछ नेहु।’

उनले गायक रोहनसँग २४ अक्टोबरमा विवाह गरेकी थिइन्। नेहा रोहनभन्दा सात वर्ष जेठी छिन्।

नेहाको यसअघि पनि थुप्रै केटाहरूसँग अफेयर थियो। त्यसैले उनको बिहेलाई लिएर संसय थियो। 

हिमान्सु कोहलीसँग ब्रेकअपपछि नेहा निकै डिप्रेसनको सिकार भएकी थिइन्।

नेहाको विवाह हुने जानकारी पाइसँगै हिमान्सुले बधाई तथा शुभकामनासमेत दिएका थिए।  

शुक्रबार, पौष ०३, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!