
जीवित नारीलाई शिल्प बनाइदिए भिन्सीले
काल्पनिक नारीलाई अमेरिकी नारीरूप दिए डिक्सनेरी जोन्सनले
त्यो वक्षस्थलमा पुगेका मेरा मित्रको रूप
न हाँस पोखरीमा प्रतिविम्ब भएको देखे
न कमलको फूल नै देखे
लाज मानेर बादलभित्र लुक्न गएकी चन्द्रमा सरह
लजाएका मेरा मित्र
गिर्जाघरको चोकमा कुँदिएका
अनि ‘बङ्कर हिल’को टुप्पोमा भेटिएका योद्धाहरू देखेपछि
मान्छेको अदम्य साहसबाट जन्मेको उन्मुक्तिसँग खेल्दा पनि
उनको अनुहार देखिएन
चार्ल्स नदीले सकिनसकी समुद्रमा पुगेर विलयहुँदा
देखेको गहिराई सोच्दै क्रुज गर्दा
सागर भन्दा आकाशको गहिराई देखेर टोलाएका
मेरा मित्रको जिल्ल परेको अनुहारले
थारो दमकल छोडेर
बूढो हार्वार्डसँग उभिंदा
आफैंले देखेको आफ्नै कद पनि
अझै लुकेको छ
उत्सुक आँखाहरू लिएर
विश्व ज्ञान-कुञ्च बनेको एम्आईटी छिरेपछि
सैनिक ब्यारेक जस्तो पट्यारलाग्दा क्रमबद्ध भवन देखेपछिको
त्यो अनुहार पनि लुकेको नै छ।
खै, म के भनुँ मित्र
किन लजाएको यसरी?
(मित्र डा. पद्म देवकोटाले पोस्ट गरेको अमेरिकाको वोस्टन सहरको ‘डक पन्ड’को फोटो देखेपछि आएको तरङ्ग हो।)
सुन्दर राम्रो लाग्यो, उत्सुक आखा ले पढ्दा
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
इतिहासमा भदौ ९- भक्तपुर काण्ड (कालो दिवस)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया