शुक्रबार, १९ सेप्टेम्बर २०२५

मोटरसाइकल चोरी गर्ने ३ जना पक्राउ

News Image
• • •

मोटरसाइकल चोरी तथा विक्री वितरण गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका ४ का २५ वर्षीय राजन लामा, नुवाकोट दुप्चेश्वर गाउँपालिका ५ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका १ स्थित विन्दबासिनी मोटरसाइकल वर्कसप संचालक २९ वर्षीय सुनिल तामाङ र पर्सा वीरगंज राधेमाई नगरपालिका ६ घर भएका सोही वर्कसपका संचालक २० वर्षीय पप्पु पटेल रहेका छन्।  

प्रहरीले उनीहरुको साथबाट चोरी गरेको बा ९५ प ६४०५ ७२ र प ७९४९ नम्बरको मोटरसाइकल बरामद गरेको छ। 

उपत्यकाबाट चोरी भएका मोटरसाइकल सोही वर्कसपमा ल्याएर कारोबार गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। प्रहरीले उनीहरुलाई थुनामा राखि आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।
 

मंगलबार, पौष २८, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)