शुक्रबार, १९ सेप्टेम्बर २०२५

‘ताण्डव’ वेबसिरिज विवादमा, प्रतिबन्धको माग

News Image
• • •

वेबसिरिज ‘ताण्डव’ विवादमा तानिएको छ। अलि अब्बासको निर्देशन तथा सेफ अलि खान अभिनित यो वेवसिरिजले देवी–देवाताको अपमान गरिएको भन्दै सत्तारुढ भारतीय जनता पार्टी, बिजेपीका नेता, कार्यकर्ता तथा हिन्दु धार्मिक संघ–संस्था कडा रुपमा विरोधमा उत्रिएका छन्। 

उनीहरुका अनुसार उक्त वेबरिलिजमा भगवन राम, शिव र नारदलाई अपमानजनक हिसाबले प्रस्तुत गरेर मजाक उडाउन खोजीएको दाबी रहेको छ। उनीहरुले कि सेफ अलि खानले माफि माग्नुपर्ने की सिरिजमा प्रतिबन्ध लगाउनु पर्ने माग गरेका छन्। 

अहिले वेबसिरिजको कडा रुपमा विरोध भएको छ। विवाद चुलिदै गएपछि सुरक्षालाई माध्यनजर गर्दै सेफ अली खानको बान्द्रास्थित घरमा प्रहरी तैनाथ गरिएको छ। 

शुक्रबार अमेजन प्राइम भिडियो मार्फत रिलिज भएको वेबसिरिजमा सेफ अलि खान, निग्मांशु धुलिया, अयूब जिशान लगायतको अभिनय रहेको छ।

सोमबार, माघ ०५, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!