अक्षय कुमारको ‘फौजी गेम’ को लोकप्रियता बढ्दै

अभिनेता अक्षय कुमारले फौजी गेमको शुभारम्भ गरेका छन्। भारत–चीनबीच गलवान उपत्यकामा भएको हिंसाका कारण भारत सरकारले चिनियाँ गेम पब्जीलाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। 

युवाहरू माझ निकै लोकप्रिय यो खेल प्रतिबन्ध भएपछि अक्षयले भारतीय संस्करणको फौजीको शुभारम्भ गर्ने घोषणा गरेका थिए। उनले घोषणा गरेको ४ महिना, २४ दिनपछि भारतको ७२ औं गणतन्त्र दिवसको मौका पारेर शुभारम्भ गरिएको हो। 

लञ्चिङ कार्यक्रमभन्दा पहिले नै यो खेलका लागि ५० लाखभन्दा बढीले रिजिस्ट्रेशन गरेका थिए। यो खेल हाल एन्ड्रोइड प्रयोगकर्ताका लागि मात्र उपलब्ध हुनेछ। कम्पनीले छिट्टै आइओएस प्रयोगकर्ताका लागि पनि यो खेल उतार्ने बताएको छ। यो गेम हालसम्म १० लाखभन्दा बढी डाउनलोड भएको भारतीय मिडियाले बताएका छन्।

प्रकाशित मिति: : 2021-01-28 09:10:00

प्रतिकृया दिनुहोस्