
रातोपाटी
काठमाडौं । रात्रिकालीन व्यवसायमा सरकारले लगाएको प्रतिबन्ध अझैं पूर्णरुपमा हट्न सकेको छैन । कोभिड–१९ पछि स्वास्थ्य सुरक्षाको जोखिमलाई देखाउँदै बन्द गरिएका अन्य व्यावसायिक क्षेत्रहरु खुला भइसकेको अवस्थामा सरकारले रात्रिकालीन सेवामा भने आंशिक प्रतिवन्ध कायम राखिरहेको छ ।
सरकारको यस्तो नीतिका कारण मनोरञ्जन पर्यटन व्यवसायको क्षेत्र अर्थात् रात्रिकालीन व्यवसायमा संलग्न हजारौं पर्यटन व्यवसायी प्रभावित भएका छन् । विशेषतः रेष्टुरेन्ट, बार, डिस्को, क्यासिनो, रोधी घर, नाइट क्लब तथा स्पा सेन्टरहरु प्रभावित हुन पुगेका छन् । सबैजसो व्यापार, व्यवसाय र अन्य पर्यटन गतिविधिहरु पूर्णतः खुला भइसकेको अवस्थामा रात्रिकालीन व्यवसायलाई मात्र नियन्त्रण गर्ने सरकारी नीतिका कारण व्यवसायबाटै पलायन हुने अवस्था आएको व्यवसायीहरुको गुनासो छ ।
‘हामीले ७–८ महिना निकै कठिन समय गुजार्नु प¥यो । जुन बेला आम्दानीको कुनै स्रोत थिएन, खर्चको त कुरै नगरौं । घरभाडा, कर्मचारी खर्च, बैंकको ब्याज, किस्ता भनिसाध्य छैन,’ रात्रिकालीन व्यवसाय संघ, ठमेलका सदस्य तथा व्यवसायी सुरेश पुरीले भने । बल्लतल्ल ७–८ महिनापछि खुलेको बजारमा पनि प्रहरीले धरपकड गर्न थालेको उनको गुनासो छ । ‘सरकार किन हामीप्रति यति अनुदार भइरहेको छ ? सबैजसो व्यावसायिक क्षेत्र खुलिसक्दा पनि हामीमाथि मात्र किन सरकार धरपकड गर्दैछ ?’ पुरीले प्रश्न गरे ।
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
इतिहासमा भदौ ९- भक्तपुर काण्ड (कालो दिवस)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया