
बिएल संवाददाता
यहाँ आजदेखि कैदीबन्दी र थुनुवालाई पनि कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिएको छ।
पहिलो दिन कारागार कार्यालयका ५० कैदीबन्दी तथा थुनुवालाई खोप लगाइएको जेलर अनिल तिवारीले जानकारी दिए।
कारागारमा हाल ७१ कैदीबन्दी र थुनुवा रहेका छन्। सोमा ३९ कैदीबन्दी र ३२ थुनुवा छन्। सरकारले कैदीबन्दीलाई पनि पहिलो चरणमै खोप लगाउनका लागि प्राथमिकतामा राखेकाले खोप लगाउन शुरु गरिएको हो। कैदीबन्दी तथा थुनुवालाई कारागार कार्यालयभित्रै गएर खोप लगाइएको स्वास्थ्य कार्यालयका प्रमुख योगशप्रसाद भट्टले जानकारी दिए।
खोप केन्द्र थपियो
यहाँ पहिलोपटक नगरपालिकाबाट पनि कोरोना भाइरस विरुद्धको खोप लगाउन शुरु गरिएको छ।
पुर्चौडी नगरपालिकामा पनि खोप केन्द्र स्थापना गरी खोप लगाउन शुरु गरिएको जिल्ला अस्पतालका प्रमुख डा वशन्तराज जोशीले जानकारी दिए।
यसअघि यही माघ १४ गतेदेखि जिल्ला अस्पताललाई मात्रै खोप केन्द्र तोकिएको थियो। खोप अभियानलाई प्रभावकारी बनाउन जिल्ला अस्पताल बाहिर पहिलो पटक पुर्चौंडीमा खोप केन्द्र सञ्चालनमा ल्याइएको हो।
पुर्चौडीमा अस्थायी कोभिड अस्पताल सञ्चालनमा रहेको छ। सरकारले कोरोनाविरुद्धको पहिलो चरणको खोप अभियान सञ्चालनमा ल्याएकाले दुर्गम क्षेत्रका अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीलाई सहज होस् भनेर जिल्ला सदरमुकाम बाहिर खोप केन्द्र सञ्चालनमा ल्याइएको स्वास्थ्य कार्यालयका प्रमुख भट्टले जानकारी दिए। रासस
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
इतिहासमा भदौ ९- भक्तपुर काण्ड (कालो दिवस)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया