
बिएल संवाददाता
युरोपमा बढ्दो कोरोना महामारीका कारण इंग्लिस क्लब लिभरपुलका खेलाडीले जर्मनीमा प्रवेश पाउन नसकेको अन्तर्राष्ट्रिय मिडियाले जनाएको छ।
च्याम्पियन्स लिगअन्तर्गत १६ फेब्रुअरीमा जर्मनी क्लब आरबी लिपजिगविरूद्ध प्रिक्वाटरको पहिलो लेग खेल्न लिभरपुल जर्मनी जाने कार्यक्रम थियो। तर, कोरोनाका कारण खेलाडीलाई प्रवेश दिन जर्मनी सरकारले अस्विकार गरेको छ।
जर्मनीले कोरोना भाइरसको नयाँ स्ट्रेन भेटिएको देशबाट आउने यात्रुलाई देशमा प्रवेश गर्न निषेध गरेको छ। बेलायत पनि यो समूहमा सहभागी छ। जर्मनीको गृह मन्त्रालयले विज्ञप्ती निकाल्दै भनेको छ, ‘हामीले यस विषयमा पुनर्विचार ग¥यौं। तर, यो नियममा छुट दिन सकिन्न।’
जर्मनीमा यो नियम १७ फेब्रुअरीसम्म लागु छ। लिभरपुलका खेलाडीले जर्मनीमा प्रवेश गर्ने अवसर नपाएपछि न्युट्रल भेन्युमा खेलाउने तयारी भइरहेको छ। तर, समय निकै कम छ। लिपजिगका सीईओ ओलिभर मिन्तजलाफले भने, ‘हामी अन्य देशको सरकार तथा टिमसँग छलफलमा छौं। यो खेल हाम्रो लागि महत्वपूर्ण छ।’
लिपजिग गत सिजन च्याम्पियन्स लिगको सेमिफाइनल पुगेको थियो।
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
इतिहासमा भदौ ९- भक्तपुर काण्ड (कालो दिवस)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया