आइतबार, ०७ सेप्टेम्बर २०२५

प्रचण्डको सुरक्षामा किन पूर्वलडाकु?

खिलानाथ ढकाल

खिलानाथ ढकाल

काठमाडाैं
News Image
• • •

आफ्नो सुरक्षामा खटेका  प्रहरी नायब उपरीक्षक (डिएसपी) नेतृत्वको टोली हटाएर प्रहरी नायब निरीक्षक (सई) पठाएपछि नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को सुरक्षामा  पूर्वजनमुक्ति सेनाका कमाण्डर खट्न थालेका छन्। 

अहिले उनको गाडीको अगाडि पूर्वजनमुक्ति सेनाको टोली चढेको गाडी गुड्छ। पूर्वजनमुक्ति सेनाका बटालियन कमाण्डर प्रकाश पाण्डे ‘परलोक’ले उक्त टोलीको नेतृत्व गर्छन्। 

प्रचण्डले पूर्वजनमुक्ति सेनाको सुरक्षा लिन थालेपछि दुइटा प्रश्न उब्जिएका छन्। 

पहिलो, सरकारले अहिले नै किन प्रचण्डसहित पूर्वविशिष्टहरूको सुरक्षा घटायो? 

दोस्रो, आफूलाई सुरक्षाकर्मी कम भएपछि पूर्वप्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालयमा निवेदन दिएर सुरक्षाकर्मी माग्नुको साटो किन सशस्त्र युद्धको झल्को दिने पूर्वलडाकु रोजे? 

पहिला प्रचण्डसहित पूर्वविशिष्टको सुरक्षा कसरी घट्यो भन्ने हेरौं।

केही दिनअघि गृह मन्त्रालयले विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी नयाँ कार्यविधि-२०७७ जारी गर्‍यो।

यो कार्यविधिमा विशिष्ट व्यक्तिलाई दिइने सुरक्षा संख्या नै तोकियो। पहुँच र सम्बन्धका आधारमा सुरक्षाकर्मी लिने प्रवृत्ति बढेको गुनासो थियो।

बिहिबार, फाल्गुण ०६, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)