
बिएल संवाददाता
प्रदेश नं १ सामाजिक विकास मन्त्रालयले ७१औ प्रजातन्त्र दिवसको उपलक्ष्यमा आज फलफूल वितरण गरेको छ।
विराटनगरस्थित विराटेश्वर वृद्धाश्रम, मानवसेवा आश्रम र महिला जागृती केन्द्रका वृद्धवृद्धालाई फलफूल तथा बिहानको खाना खुवाइएको मन्त्रालयका महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले जानकारी दिए।
'महिला जागृती केन्द्रका आश्रित वृद्धालाई बिहानको खाना र विराटेश्वर वृद्धाआश्रम र मानव सेवा आश्रममा फलफूल वितरण गरिएको हो' उनले भने।
सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की, सामाजिक विकास महाशाखा प्रमुख बराललगायतले उक्त सामग्री प्रदान गरेका हुन्।
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
इतिहासमा भदौ ९- भक्तपुर काण्ड (कालो दिवस)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया