आइतबार, ०७ सेप्टेम्बर २०२५

नेपाली कांग्रेसले तत्काल प्रचण्ड-माधव समुहसगँ सहकार्य नगर्ने 

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

नेपाली कांग्रेसले तत्काल नेकपा-प्रचण्ड माधव समुहसगँ सहकार्य नगर्ने भएको छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  नेकपाको विवाद नमिलेसम्म तत्काल कुनै पक्षसँग सहकार्य नगर्ने बताएका छन्।

विहिबार देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा देउवालले नेकपाको दुबै पक्षबाट सहकार्यको प्रस्ताव आएको भन्दै राय मागेका थिए।

बैठकमा संसद पुनःस्थापना भएपछि उत्पन्न राजनीतिक परिस्थितिबारे समीक्षा गरिएको थियो। 

बैठकले संसदीय प्रक्रिया अगाडि बढेपछि दुवै समुहको गतिविधिलाई सुक्ष्म ढंगले हेरेर निर्णय लिने निष्कर्ष निकालेको छ।  

शुक्रबार, फाल्गुण १४, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)