बिएल संवाददाता
विप्लव नेकपाका नेता खेम थपलियाले एक महिनामै सिध्याउँछु भन्दै ओली सरकारले नेपाल कम्युनिष्ट पार्टीमाथि थोपरेको प्रतिबन्ध २ वर्ष पुग्दै गर्दा आफैँले फिर्ता लिन बाध्य भएको बताएका छन्।
नेता थपलियाले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– एक महिनामै सिध्याउँछु भन्दै सामाजिक फासिवादी दलाल ओली सरकारले २०७५ साल फागुन २८ गते अन्यायीपूर्ण रूपमा नेपाल कम्युनिस्ट पार्टीमाथि थोपरेको प्रतिबन्ध २ वर्ष पुग्दै गर्दा २०७७ साल फागुन २० गते ऊ आफैँले फिर्ता लिन बाध्य भएको छ।’
‘यसक्रममा पक्राउ पर्दा विभिन्न तहबाट साथ र आवाज दिनुहुने व्यक्तिगत तथा संस्थागत रूपमा लेखक, राजनीतिकर्मी, साहित्यकार, पत्रकार, कानुनकर्मी, मानव अधिकारकर्मी, अन्तर्राष्ट्रिय मित्रहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु’, उनले भनेका छन्।
थपलियाले दुश्मनको श्वेतक्षेत्रमा छिनछिनको पक्राउको र छिनछिनमा रिहा भएको आभाषसहितको अनेकौँ विशिष्ट अनुभूति रहेका बताएका छन्।
उनले लेखेका छन्, ‘सयौँ पाण्डुलिपि रहेको कम्प्युटर फिर्ता गराउन भूमिका खेल्ने मित्रहरूलाई धेरै धेरै सम्झिरहेको छु । पटक पटक प्रहरीको घेरा तोडेर सुरक्षित स्थानमा पुरयाउनुहुने सहयोगी मनहरूप्रति धेरै धेरै आभारी छु । प्रतिबन्धले २ वटा पुस्तक जन्माएको छ– ‘ओलिटिक्स भर्सेस पोलिटिक्स’ (पृ. ३००) र ‘टेकु हिरासत’ (पृ. २५०) । अपेक्षा छ, यी प्रकाशन छिट्टै यहाँहरूको हातमा पर्नेछ।’
कानुन बनाउनेकै गैरकानुनी हर्कतः खारेज भइसकेको लाइसेन्स बोकेर मोटरसाइकल हुइँक्याउँदै हर्क
काठमाडौं नै नदेखेका सन्तबहादुरले केएमसीमा यसरी पाए निःशुल्क उपचार
दीपक भट्ट र सुलभ अग्रवाल कारागार चलान
सिंगापुरबाट देउवा दम्पतीको बिन्तीः ‘अनुसन्धानमा सघाउँछौं, पक्राउ नगर्नुस्’ (पत्रसहित)
चलचित्र ‘रोल नं १’: बुबाको सपना, छोराको सङ्घर्ष र शिक्षा प्रणालीको यथार्थ
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः आरजुका आमा–छोरा अख्तियारको राडारमा
गोकर्णेश्वर–केएमसी सम्झौता, १० लाखसम्मको मिर्गौला प्रत्यारोपण निःशुल्क
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया