बिएल संवाददाता
विप्लव नेकपाका नेता खेम थपलियाले एक महिनामै सिध्याउँछु भन्दै ओली सरकारले नेपाल कम्युनिष्ट पार्टीमाथि थोपरेको प्रतिबन्ध २ वर्ष पुग्दै गर्दा आफैँले फिर्ता लिन बाध्य भएको बताएका छन्।
नेता थपलियाले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– एक महिनामै सिध्याउँछु भन्दै सामाजिक फासिवादी दलाल ओली सरकारले २०७५ साल फागुन २८ गते अन्यायीपूर्ण रूपमा नेपाल कम्युनिस्ट पार्टीमाथि थोपरेको प्रतिबन्ध २ वर्ष पुग्दै गर्दा २०७७ साल फागुन २० गते ऊ आफैँले फिर्ता लिन बाध्य भएको छ।’
‘यसक्रममा पक्राउ पर्दा विभिन्न तहबाट साथ र आवाज दिनुहुने व्यक्तिगत तथा संस्थागत रूपमा लेखक, राजनीतिकर्मी, साहित्यकार, पत्रकार, कानुनकर्मी, मानव अधिकारकर्मी, अन्तर्राष्ट्रिय मित्रहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु’, उनले भनेका छन्।
थपलियाले दुश्मनको श्वेतक्षेत्रमा छिनछिनको पक्राउको र छिनछिनमा रिहा भएको आभाषसहितको अनेकौँ विशिष्ट अनुभूति रहेका बताएका छन्।
उनले लेखेका छन्, ‘सयौँ पाण्डुलिपि रहेको कम्प्युटर फिर्ता गराउन भूमिका खेल्ने मित्रहरूलाई धेरै धेरै सम्झिरहेको छु । पटक पटक प्रहरीको घेरा तोडेर सुरक्षित स्थानमा पुरयाउनुहुने सहयोगी मनहरूप्रति धेरै धेरै आभारी छु । प्रतिबन्धले २ वटा पुस्तक जन्माएको छ– ‘ओलिटिक्स भर्सेस पोलिटिक्स’ (पृ. ३००) र ‘टेकु हिरासत’ (पृ. २५०) । अपेक्षा छ, यी प्रकाशन छिट्टै यहाँहरूको हातमा पर्नेछ।’
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया