चिनियाँ बजार बिस्तार विश्वका लागि अवसर: विदेशमन्त्री वाङ

सरकारी कार्यहरूको समीक्षा प्रतिवेदनमा स्वदेशी आवश्यकता विस्तार गर्ने रणनीतिलाई चीनले फेरि एक पटक महत्व दिएको छ।

चिनियाँ विदेशमन्त्रीले वाङ यीले सञ्चारकर्मीहरूसँग चीनको आर्थिक विकास र अन्तर्रष्ट्रिय बजार विस्तारका कारण विश्वलाई विकासको नयाँ अवसर मिल्ने उनको भनाई रहेको छ।

नयाँ विकास बनौटमा चीनले उत्पादन, वितरण, परिसंचरण, उपभोग परिसंचरण हुनसक्ने गार्हस्थ अर्थतन्त्रको निर्माण गर्ने योजना गरेको उनले बताए।

यसले अन्तर्राष्ट्रिय लगानी र व्यापारका लागि सुविधा उपलब्ध गराउने र उद्योग–व्यवसायको लागत घटाउने उनको दावी थियो।

चीनको शक्तिशाली स्वदेशी बजारको निर्माण र खुलापनको विस्तारबीच एकअर्कालाई बढाएको र विगत चालीस वर्षमा चीनले सुधार तथा खुलापनबाट फाइदा प्राप्त गरेको भन्दै संयुक्त राष्ट्रसंघले चीनको प्रसंशा गर्दै आएको छ।

चिनियाँ अधिकारीहरूले चीन सरकार र विकास परियोजनामा सधैँ सुधारको अनुकुलता रहेको दावी गर्दै आएका छन्। (रासस/सिन्ह्वा) 

प्रकाशित मिति: : 2021-03-09 20:56:00

प्रतिकृया दिनुहोस्