२४ घण्टामा १ हजार २८१ जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु

काठमाडौँ उपत्यकामा मात्रै ६३४ संक्रमित

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभर ७ हजार ५४८ जनाको कोरोना परीक्षण गर्दा १२८१ जनामा कोरोना पुष्टि भएको हो।

यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ८५ हजार ९०० पुगेको छ।

कूल सङ्क्रमितमध्ये काठमाडौँ उपत्यकामा मात्र ६३४ जना छन्। तीमध्ये भक्तपुरमा ३२, ललितपुरमा ९७ र काठमाडौँमा ५०५ जना छन् । मन्त्रालयका अनुसार हाल देशभर ७ हजार २५४ जना सक्रिय सङ्क्रमित रहेका छन्।

गत २४ घण्टामा २५५ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७५ हजार ५५५ पुगेको मन्त्रालयले जनाएको छ।

यस्तै देशभर ८१ जना क्वारेन्टाइनमा रहेका छन्। त्यस्तै पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार ९१ जना पुगेको छ। 
 

प्रकाशित मिति: : 2021-04-19 16:32:00

प्रतिकृया दिनुहोस्