
डिल्ली पाण्डे
नेपालगञ्ज शहर फेरि कोरोनाको ‘हट स्पट’ बन्दै गएको छ। सरकारी तथ्याङ्कअनुसार, नेपालगञ्जसहित बाँके जिल्लाभरिमा मंगलबारसम्म कोरोना संक्रमितको सङ्ख्या नौ हजार नाघिसकेको छ।
बाँकेका विभिन्न अस्पतालमा उपचारका लागि आउने बिरामीमा भटाभट कोरोना भाइरस सङ्क्रमण देखिन थालेको छ।
नेपालगञ्जको दक्षिणी भेगस्थित रुपैडिया नाकाबाट मात्र दैनिक हजारौँको सङ्ख्यामा आवतजावत गर्ने गर्छन्।
प्रशासनले गत बैशाख २ गतेदेखि नियमित भारत आवतजावत गर्नेलाई प्रतिबन्ध लगाए पनि खासै फरक परेको छैन।
नेपालगञ्जमा बसोबास गर्ने मात्र हैन, आसपासका नागरिकहरु पनि दैनिक सामान किन्न भारतको सीमावर्ती रुपैडिया बजार जाने गर्छन्।
त्यसरी दैनिक आतेजाते गर्नेलाई रोक लगाएको भनिए पनि मानिसको ओहोरदोहोरमा कुनै कमी आएको देखिँदैन।
अत्यावश्यक सामान तथा औषधि किन्न भन्दै रुपैडिया जानेहरुको भीड उत्तिकै छ।
बाँके जिल्ला प्रहरी प्रमुख ओम राना भने कोरोना नियन्त्रण गर्नकै लागि रुपैडिया नाकालाई बन्द गरिएको बताउँछन्। कोरोना बढेसँगै दैनिक आउजाउ गर्नेलाई रोखिएको उनको दाबी छ।
रुपैडिया बोर्डरको दूरावस्थालाई हेर्दा लाग्छ– कोरोनाको केही पर्वाह छैन। जाँचमा बसेका सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीलाई पनि उत्तिकै जोखिम छ।
उनीहरुलाई स्वास्थ्य मापदण्ड त धेरै टाढाको कुरा हो, भीड व्यवस्थापन गर्नसमेत हम्मे–हम्मे परेको छ।
नेपालबाट भारत जाने मात्र हैन, भारतबाट नेपाल आउनेहरुको पनि त्यत्तिकै लस्कर छ। भारतबाट नेपाल प्रवेश गर्दा उनीहरुको शरीरको तापक्रम नाप्ने गरिए पनि त्यो प्रभावकारी भने देखिँदैन।
‘भारतबाट आएकाहरुको तापक्रम (ज्वरो) नाप्ने गरेका छौँ, उनीहरुमा केही लक्षण देखिएमा हामीले पथ परीक्षण गर्छौं। अवस्था हेरेर अस्पतालदेखि आइसोलेसनसम्म पठाउछौँ’, जिल्ला स्वास्थ्य कार्यालय बाँकेका ल्याब टेक्निसियन त्रिनिधि ज्ञवालीले बीएल नेपाली सेवासँग भने।
उनका अनुसार, केही दिनअघिसम्म भारतबाट नेपाल आउनेहरुको अभिलेख राख्ने गरिएको थियो तर पछिल्ला दिनमा नेपाल प्रवेश गर्नेको सङ्ख्या बढेकाले रेकर्ड राख्न सम्भव नै नभएको उनको भनाइ छ।
त्यसो त भारतमा दिनानु दिन कोरोना झन्–झन् बढ्न थालेको छ। यस्तो अवस्थामा सीमा क्षेत्रमा थप कडाइ गर्नुपर्ने बेलामा सरकारको यस्तो उदासिनता थप जोखिम बढाएको छ।
बाँके कोरोनाको ‘हट स्पट’ बनेको हो। यसले मध्यपश्चिमको पहाडी भेगमा पनि कोरोनाको जोखिम बढ्ने देखिएको छ।
रुपैडिया नाकाबाट नेपाल प्रवेशमा ध्यान नदिने हो भने भोलिका दिनमा झनै भयाबह स्थिति आउने निश्चितप्रायः छ।
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
इतिहासमा भदौ ९- भक्तपुर काण्ड (कालो दिवस)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया