सोमबार, ०८ सेप्टेम्बर २०२५

‘अस्पतालमा एउटा शय्या पाउन २०० जनालाई फोन गर्‍यौँ’

बिबिसी

बिबिसी

काठमाडाैं
News Image
AVANI SINGH
• • •

जोर्जिना रेनार्ड

कोरोनाभाइरस महामारीको दोस्रो लहर खेपिरहेको भारतमा दैनिक साढे तीन लाखभन्दा बढी सङ्क्रमित थपिँदै गर्दा बिरामीका परिवारले सहयोगका लागि सामाजिक सञ्जालमा याचना गरिरहेको देखिन्छ।

बिहानदेखि बेलुकासम्म उनीहरूले इन्स्टाग्राम आफ्ना सन्देशमा केही परिमार्जन गर्छन्, ह्वाट्स्‌एप ग्रूपमा सन्देश लेख्छन् र फोन नम्बर भएका आफ्ना डायरीका पाना पल्टाइराख्छन्।

अस्पतालका शय्या, अक्सिजन, रेम्डेसिभिर र प्लाज्माको खोजीमा उनीहरू जुटिरहेका हुन्छन्।

त्यहाँ एकदम भद्रगोल र चापाचाप छ। एउटा ह्वाट्स्एप सन्देश पुग्न थाल्छः “दुईवटा आईसीयू शय्या खाली”। तर केही मिनेटपछि त्यो अरूले नै पाइसकेको सन्देश आउँछ। जो पहिला पुग्छ उसले पाउँछ।

भारतमा स्वास्थ्य प्रणाली भताभुङ्ग भइरहँदा जीवन र मृत्युबीच समुदाय, स्वयंसेवा र भाग्य उभिएको देखिन्छ।

तर आपूर्तिभन्दा माग धेरै भइरहेको र कुर्नलाई बिरामीसँग पर्याप्त समय हुँदैन।

केही दिनअघि मैले यो समाचार लेख्न आरम्भ गर्दा आफ्ना काकाका छोराका लागि ह्वाट्स्‍एपमार्फत् अक्सिजनको जोहो गरिरहेका उत्तर प्रदेशका एक पुरुषसँग कुरा गरेकी थिएँ।

मैले यो समाचार लेखिसक्दा ती बिरामीको ज्यान गइसकेको रहेछ। आफ्ना प्रियजनको जीवनरक्षाका निम्ति सहयोग खोजिरहेका अन्य मानिसहरू थकित र निराश देखिन्छन्।

“भारतमा अहिले बिहानको ६ बजेको छ र यति बेलादेखि हामी सहयोगका लागि फोन गर्न सुरु गर्छौँ।”

मंगलबार, बैशाख १४, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)