कोरोना भाइरस नेपालः काठमाण्डू उपत्यकाका कोभिड खोप केन्द्रमा अचाक्ली भिड, जोखिमबारे चिकित्सक यसो भन्छन्

बिबिसी

काठमाडौँ

गनी अन्सारी

सरकारले १८ वर्षदेखि ५९ वर्षसम्मका व्यक्तिलाई आइतवारदेखि उपत्यकामा भेरो सेल खोपको पहिलो मात्रा दिन सुरु गरेको हो।

चिनियाँ सरकारले भेरो सेल खोपको आठ लाख मात्रा नेपाललाई अनुदानमा उपलब्ध गराएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार काठमाण्डू उपत्यकाका तीन जिल्लाबाहेक नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक र रसुवा जिल्लामा चिनियाँ खोप वितरण भइरहेको छ।

"आजसम्म हामीले दुई लाखलाई दिइसक्यौँ। चार लाख व्यक्तिलाई दुई डोज पुग्नेगरी हामीले चीनबाट पाएका हौँ," उनले भने।

स्थानीय प्रशासनहरूले बिहीवार बिहानदेखि लागु हुनेगरी उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञा जारी गरेपछि मङ्गलवार खोप लगाउनेहरूको भिड झन् बढेको देखिएको छ।

नेपाल प्रहरी अस्पताल पानीपोखरी, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुर र हिमाल अस्पताल ज्ञानेश्वरमा मङ्गलवार अचाक्ली भिड भएको त्यहाँ खोप लगाउन गएकाहरूले बीबीसी न्यूज नेपालीलाई बताएका छन्।

प्रकाशित मिति: : 2021-04-27 19:21:00

प्रतिकृया दिनुहोस्