आइतबार, ०७ सेप्टेम्बर २०२५

 कोरोना संक्रमितको नयाँ रेकर्ड: एकै दिन सात हजार २११ जना संक्रमित 

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

पछिल्लो २४ घण्टामा ७ हजार २११  जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। योसंगै नेपालमा सङ्क्रमितको सङ्ख्या तीन लाख ३६ हजार ३० पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १४७ पीसीआर परीक्षणमा ७ हजार १३७ जना र ६२३ एन्टिजेन परीक्षणमा ७४ जना गरी ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै, पछिल्लो २४ घण्टामा मृत्यु हुनेको सङ्ख्या २७ पुगेको छ। योसंगै नेपालमा हालसम्म कोरोनाका कारण तीन हजार ३३५ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ। 

उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या १ हजार ६१२ जना रहेका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ८३ हजार ९९४ रहेको छ। अहिले देशभर ४८ हजार ७११ सक्रिय सङ्क्रमित छन्। 

आइतबार, बैशाख १९, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!