शुक्रबार, १९ सेप्टेम्बर २०२५

प्रधानमन्त्री ओलीलाई नेता नेपालको कटाक्ष- 'विषम परिस्थितिमा दायित्वबाट च्यूत हुन मिल्दैन।'

News Image
• • •

एमाले नेता माधव नेपालले सरकारले अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन एवम् अलोकतान्त्रिक कार्य भएको बताएका छन्। 

सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै उनले सरकारले कोभिड-१९ को महामारीमा रोकथाम तथा नियन्त्रण गर्न जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुको साटो बलमिच्याई गरेर गैरजिम्मेवारीपन देखाएको बताएका हुन्। 

उनले भनेका छन्, 'मुलुकमा उत्पन्न विषम परिस्थितिमा सरकार जनताप्रतिको आफ्नो मुख्य दायित्वबाट च्यूत हुन मिल्दैन।'

नेता नेपालले महामारीको समयमा गलत बाटोबाट गरिने नियुक्तिका प्रयासहरू तत्काल बन्द गर्न र जनताको जीवन रक्षामा ध्यान केन्द्रित गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आव्हानसमेत गरेका छन्। 

शनिबार, बैशाख २५, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!