आइतबार, ०७ सेप्टेम्बर २०२५

कोरोना संक्रमण नियन्त्रणको लागि दोलखा प्रहरीले बढायो सक्रियता

News Image
• • •

कोरोना भाइरस नियन्त्रणको लागि नेपाल प्रहरीले सक्रियता बढाइरहेको छ।

प्रहरीले सुरक्षा र सचेतनाका जगाउने काम मात्रै गरेको छैन्, संकटको समयमा मानवीयताको जिम्मेवारी पनि पूरा गरिरहेको छ। कोरोना संक्रमितको उपचारको लागि अक्सिजनको अभाव भइरहेका बेला प्रहरीले अक्सिजनको व्यवस्थापन समेत गरिरहेको हाे। 

कोरोनाको ग्राफ बढीरहेको दोलखाका दुर्गम गाउँ–गाउँमा पुगेर प्रहरीले कोरोनाविरुद्ध सचेतना अभियान चलाएको छ। दोलखा प्रहरीले टोल-टोलमा पुगेर मास्क खै ? लगायत स्वास्थ्य सुरक्षा अपनाउन ‘माइकिङ’ जिगंल बजाउने लगायतका कार्यहरु गर्दै आएको हाे।

यसरी सचेतनाका कार्यक्रम गरीरहेको दोलखा प्रहरीले अक्सिजन अभावको अवस्थालाई मध्यनजर गर्दै जिल्लामा रहेको अक्सिजन सिलिण्डर संकलन गरी वितरण गरिरहेको छ। 

शुक्रबारसम्म दोलखा प्रहरीले ५८ वटा अक्सिजन सिलिण्डर वितरण गरिसकेको प्रहरी प्रमुखले डीएसपी भेषराज रिजालले बताए। उनका अनुसार ३१ वटा खाली र २७ वटा भरी सिलिण्डर वितरण गरिएको हो। 

'अक्सिजनको अभावमा संक्रमितले मृत्युवरण गर्न परिरहेको अवस्थालाई मध्यनजर गरी हामीले अक्सिजन सिलिण्डर संकलन र वितरण गरेका छौं।', डीएसपी रिजालले भने। त्यस्तै, दोलखा प्रहरीले हालसम्म तीन हजार २ सय ३० थान मास्क वितरण गरिसकेको छ।

शनिबार, जेठ ०१, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)