उत्खनन यसकारण ठीक छैन

 

राजकरण महतो

बाल्यकालमा मामाघर जान खुब रुचाउँथें। वैशाख–असारको गर्मीमा बर्खे बिदा हुन्थ्यो। त्यो बेला मामाघर जाँदाधेरैमाया पाएको महसुस हुन्थ्यो। मामाको घरभन्दा पूर्वपट्टि एउटा बोरिङ थियो। त्यसमा केही नगरी आफैं मज्जाले पानी आउँथ्यो।बोरिङमा नुहाउन र पानी थाप्न गाउँभरीका मानिसको ठुलो भिड लाग्थ्यो। ढिलैपुगे पनि भिडमा चाँडैं पालो पाउँथें। ‘फुच्चे भान्जा’ भन्दै गाउँका मामाहरूले नुहाइ पनि दिनुहुन्थ्यो। ‘हिमालको पानी पातालबाट आउँछ, बरफजस्तै चिसो हुन्छ है भान्जा’, मामाहरूले भन्नुहुन्थ्यो।

डेढ दसकअघि मैले नुहाएकोे पातालको पानी आउने त्यो बोरिङ आज सुकेको छ। पातालबाट आउने त्यो बोरिङको पानी कहाँ र कसरी विलायो ? प्रश्नहरू अनुत्तरित छन्। चुरेको विषयमा जब मैले समाचार लेख्न थालें, त्यसपछि पोथाहा पाएँ, चुरेको दोहनले बोरिङ सुकेको रहेछ।मामाघर महोत्तरीको रामगोपारपुर नगरपालिकाको विश्वम्भरपुरमा पर्छ। त्यो बोरिङ सुकेपछि मामाघर जान रमाइलो लागेन।त्यो बोरिङ सुकेपछि मामाले घरमैदुई इन्चको ३ सय ८० फिट गहिराइमा बोरिङ गाड्नुभयो, पातालको चिसो पानी ल्याउन। केही समयत पानी आयो तर त्यसपछि भेन्टिलेटरमै छ। चुरे दोहनले मामागाउँमा बोरिङ सुकेको घटना प्रतिनिधि उदाहरण मात्रै हो। चुरे क्षेत्रबाट बालुवा, गिटी, ढुंगाको दोहन भएपछि तराईका ३७ जिल्लामा खानेपानीको मुहान सुक्दै गएको छ। इनार, चापाकल, पोखरी, नदी, दहहरूसबै पानीविहीन बन्दै गएको छ। बालुवा, गिटी, ढुंगा, माटोले चुरेक्षेत्र थिल्थििएको छ र भिरमा बाख्रा कुद्दा पनि सुख्खा पहिरो खस्छ।चुरेलाई संवेदनशील क्षेत्र भन्दै सरकारले २०७२ सालमा संरक्षित क्षेत्र घोषणा गर्‍यो।चुरेलाई जनजनले चुरीयामाई भन्दै पूजा गर्छन्।चुरे जनजनको आस्था, भरोसा र जीवन हो।

प्रकाशित मिति: : 2021-06-03 09:05:00

प्रतिकृया दिनुहोस्