भोको पेट भर्न खोज्दा बलात्कारको शिकार,  प्रतिकार गर्दा हत्या (भिडियाेसिहत)

कमल प्रभात

काठमाडौं

'मसँग पैसा छैन, के गर्ने होला?' एक चिटिक्क परेकी युवतीले छेउमा बसेर मदिरा पिइरहेका युवकलाई हेरेर भन्छिन्।
चिनजान थिएन। र, पनि नजिकै जोडिएर बसेकी युवतीले यस्ताे भनेपछि  युवकले भन्छन्,  

'म तिरीदिँउला नि, हुन्न !'

मध्यान्न १२ बजेको आसपासमा चलेकाे संवाद हाे, याे। 

स्थान- काठमाडौंकोे दक्षिणकाली।

पैसा तिर्ने युवा भेटेपछि युवतीले धित् मेट्नेगरी भोको पेट भर्छिन्। युवकले भने अर्कै दाउ निकाल्न थाल्छन्, युवतीलाई जसरी हुन्छ अल्मल्याएर साँझ पार्ने र मस्ती गर्ने।

उनीहरु बातचित गर्दै जान्छन्। आफ्ना कुराहरु सुनाउँदै जान्छन्। विस्तारै साँझ पर्न थाल्छ।

रात पर्दै गएपछि युवतीलाई तनाब सुरु हुन्छ- पैसा छैन, हाेटलमा कसरी बस्ने ?  

तर त्यत्तिकैमा त्याे युवकले एउटा सहयाेगकाे भावसहित भन्छन्, 'मेरै गाडीमा बसौली। तिमी भित्र सुतौली, म बाहिर सुत्छु।'

 उनीहरुबीच सहमति हुन्छ। युवकले युवतीलाई आफ्नाे गाडी भएको ठाँउमा जाँउ भन्दै हिँडाउछन्, झाडीतिर।



बलात्कार प्रतिकार गर्दा सन्तोषीको हत्या, एक जना पक्राउ

दक्षिणकालीमा भेटिएको शव युट्युबमा भाइरल सन्तोषी भएको पुष्टि



झाडीमा पुर्याएपछि युवकले ती युवतीसँग यौन सम्पर्क राख्ने प्रयास गर्छन्।तर  युवतीले मान्दैनिन्। केही समय प्रतिकार गर्छिन्। अन्त्यमा केही लाग्दैन, युवकले युवतीकाे घाँटी सलले रेटेर हत्या गर्छन्। अनुहार नै नचिनिनेगरी कुच्याउँछन्। युवतीको शवलाई घिसार्दै प्रयाेगबिहिन शौचालयमा फालेर आफ्नाे कोठा फर्कन्छन्। 

यस्तो थियो घटना

पशुपंछीकाे जस्तै दुरुस्तै आवाज निकालेर युट्युबमा भाइरल बनेकी सन्तोषी सुब्बा गएको सोमबार काठमाडौंको दक्षिणकालीको जंगलमा मृत फेला परिन्।

घाँस लिन जंगल गएकी एक स्थानीय महिलाले शव देखेपछि प्रहरीलाई खबर गरीन्। 

स्थानीयको खबरलगत्तै प्रहरी तत्काल घटनास्थल पुग्यो। त्यसको केही समयमै महानगरीय अपराध महाशाखाको टोली पनि पुग्यो।

विक्षिप्त शव कसको हाे भन्ने केही समयसम्म सनाखत भएन। तर महाशाखाको टोलीले केही समयमै पत्ता लगायो, शव उनै सन्तोषीको भन्ने।
शवलाई पोष्टमार्टमका लागि अस्पताल पठाएसँगै महाशाखाले सुरु गर्यो, अनुसन्धान। 

अनुसन्धान गर्दै जाँदा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–१४ घर भई दक्षिणकाली बस्दै आएका २९ वर्षीय सुरेश तिमल्सिना घटनामा जोडिए। र, अन्त्यमा उनले नै सन्तोषीको हत्या गरेको स्वीकार गरे।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी चन्दकुबेर खापुङका अनुसार सुरेश र मृतक युवतीबीच त्यसभन्दा पहिले चिनजान थिएन। 

उनका अनुसार पटक-पटक दक्षिणकाली जाने गरेकी सन्तोषी त्यो दिन एक होटलमा पुगेकी थिइन्। सुरेश त्यहीँ होटलमा मदिरा सेवन गर्दै थिए।

सन्तोषीले आफूसँग खाना खाने पैसा नभएको बताइन्। सुरेशले खाने र बस्ने ब्यवस्था गरिदिने आश्वासन दिए। सन्तोषीलाई साथमा राखेर थप मदिरा सेवन गरे।

साँझ पर्दै गयो र उनीहरुबीच बास बस्ने कुरा उठ्यो। होटलमा बस्न पैसा नभएको भन्दै सुरेशले आफूले काम गर्ने गरेको गाडीमा सुत्ने निधो गरे। 
तर उनले सन्तोषीलाई बसतिर नभएर झाडीतिर लगे। झाडीमा पुर्याएर सुरेशले सन्तोषीलाई बलात्कार गर्ने प्रयास गरे। सन्तोषीले बलात्कारको प्रतिकार गर्दा उनीहरुबीच तानातान भयो। 

अन्तत: सुरेशले सन्तोषीको घाँटी थिचेर हत्या गरे। हत्यापछि सुरेशले अनुहार नचिन्नेगरी ढुङ्गाले हानेर मुख नै फुटाइदिए। 
त्यसपछि उनी काठमाडौंको असनमा रहेको आफन्तको कोठामा पुगे।

सन्तोषीको हत्या भएको ३ दिनपछि बुधबार साँझ सुरेशलाई मशाहाखाको टोलीले पक्राउ गर्याे। जसबाट हत्याको घटनाबारे यि सबै रहस्य खुल्यो।

फोटो,भिडियो– शनि शाक्य 

प्रकाशित मिति: : 2021-06-24 16:49:00

प्रतिकृया दिनुहोस्