सोमबार, ०८ सेप्टेम्बर २०२५

थप २०१६ जनामा कोरोना संक्रमण पुष्टि, ३० जनाको मृत्यु 

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ९८१० जनाको स्वाब परीक्षण गरिएकोमा २ हजार १६ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर ३० जना सङ्क्रमितको मृत्यु भएको छ। हालसम्म ८ हजार ९७५ जना सङ्क्रमितको मृत्यु भइसकेको  छ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर ४ हजार ९१४ जना सङ्क्रमित निको भएका छन्। नेपालमा हालसम्म ५ लाख ८१ हजार ३२७ जना सङ्क्रमित निको भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

शनिबार, असार १२, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)