बिएल संवाददाता
नेपाल अमेरिका पत्रकार सङ्घ(नेजा)को सातौँ अधिवेशन तथा १४ औ साधारण सभा सम्पन्न भएको छ। नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले पानसमा बत्ती बाली सभाको उद्घाटन गरेका थिए।
अमेरिकाको भर्जिनिया राज्यको स्यानटीली सहरमा जुलाई २४ र २५ मा भएको कार्यक्रम साँझ ५ बजे सुरु भएर ८ बजे समाप्त भएको हो।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष बिपुल पोख्रेल नेजाको निमन्त्रणामा प्रमुख अतिथिको रूपमा अमेरिका गएका हुन्। नेजाको प्रचलन अनुसार नेपाल पत्रकार महासङ्घका अध्यक्ष नै अधिवेशनका प्रमुख अतिथि हुने गर्छन्।
हिजो अधिवेशनको पहिलो दिन उद्घाटन कार्यक्रम मात्र भएको थियो भने आइतबारका दिन बन्द सत्र र नयाँ कार्यकारी समितिको लागि निर्वाचन भएको छ।
कार्यकमको अध्यक्षता नेजाका कार्यवाहक अध्यक्ष विकासराज न्यौपानेले गरेका हुन् भने कार्यक्रमको लागि पत्रकार महासङ्घ तथा प्रेस काउन्सिलका पूर्व सभापति हरिहर विरही, महावाणिज्यदूत प्रेम राजा महत,पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल ,वरिष्ठ पत्रकार तारा बराल, एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धि सुबेदी ,इन्जाका अध्यक्ष गुणराज लुइँटेल ,सङ्घका पूर्व अधिकारीहरू ,वरिष्ठ तथा अग्रज पत्रकारहरू लगायत विभिन्न सङ्घ/संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
नेपाली राष्ट्रिय गान तथा अमेरिकी राष्ट्रिय गान बजाइएर सुरु गरिएरको कार्यक्रम महा सचिव किरण मरहट्ठाले सञ्चालन गरेका हुन् भने स्वागत मन्तव्य अधिवेशन संयोजक लीला ओझा ढकालले गरेकी थिइन्।
करोडपति जयप्रकाशलाई रक्सीले ‘रोडपति’ बनायो…
सीमान्त साहित्यः कसको आवाज, कसको कलम?
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया