याैन पिपासु बाबु, जसले छाेरी र छाेरीका साथीहरुलाई बलात्कार गर्दै मार्‍याे

Breaknlinks
Breaknlinks

पछिल्लो समय नेपाली समाजमा यौन हिंसा र बलात्कारका घटना दिनहुँ बढिरहेका छन्। जुन दुखद पक्ष हो।

तर, दैनिक बढिरहेका यस्ता घटनाहरुले एउटा सुखद पक्षलाई भने संकेत गरेको छ। यस अर्थमा कि यस्ता घटनाहरु दुई-चार वर्ष पहिले जस्तो लुप्त भएका छैनन्। बरु त्यस्ता घटनाहरु पहिलेको तुलनामा बाहिर आएर छन्।

समाजमा जरा बनाएर बसेको यौन हिंसा र बलात्कारजस्ता घटनाको संस्कार छर्लङ्ग हुँदै आएको छ। भलै ती घटनाहरुलाई सार्वजनिक गर्न सामाजिक सञ्जाल र विभिन्न प्रविधि प्रयोग भएको होस्।

आफ्नै बुबा र दाजुभाईबाट लगातार बलात्कारको शिकार हुँदै आएका थुप्रै युवतीहरु आज पनि हाम्रै समाजमा पर्याप्त छन्।

यसैबीच सन् २०१८ मा रिलिज भएको हलिउड सिनेमा 'ड्याडीज गर्ल'ले हाम्रो समाजमा आज पनि कायमै रहेकाे बलात्कार तथा यौन हिंसाका घटना र कूसंस्कारलाई नांगो बनाएको छ। उदाङ्गो बनाएको छ।

(यो कुनै काल्पनिक होइन। यो कथा हाम्रै समाजभित्र कोही न कोहीसँग मिल्छ। र त्यो कुनै संयोग मात्र पनि हुने छैन। सन् २००२ मा नाइजेरियाकाे एक उत्तरी गाउँमा एक जना साैतेला बाबुले आफ्नै छाेरीलाई बलात्कार गरेकाे घटना बाहिर आयाे। ती बाबुले छाेरीका साथीहरुलाई पनि बलात्कार गर्दै मारेका थिए।)

कथाको मुख्य पात्रमा एउटा यस्ती युवती छिन्, जो वर्षौदेखि आफ्नै सौतेला बुबाबाट लगातार बलात्कारको शिकार हुँदै आएकी छिन्। 

घटनाकाे पर्दाराेपण

दृश्य नै एउटा डरलाग्दो कोठाको श्यामश्वेतबाट सुरु भएको छ। मानौ, त्यो कोठामा बलात्कारको शिकार भएर मृत्युवरण गरेका युवतीहरुको अपवित्र लाशहरु मात्रै छन्। ती लाशहरु, जो केही भित्तामा झुन्डिएका छन् भने केही ओछ्यानमै वेवारिशे छन्।

प्रत्येक दृश्यहरुले संवेदनाको आवाजसहित एउटा युवतीको नर्कको यात्रालाई पछ्याएका छन्। यहाँसम्म कि ती युवतीले आत्महत्या गरेर कसरी बलात्कारको शिकारमुक्त भइन् भन्नेसम्म।

दृश्य नं १:

एउटा युवती र एउटा पुरुष सम्भोग गरिरहेका छन्। यो दृश्य देखेपछि जो कोहीले पनि भन्न सक्छ कि उनीहरु प्रेमी-प्रेमिका हुन् वा श्रीमान-श्रीमती।

याे पढिरहदा तपाईंलाई पनि यही लागेकाे छ भने तपाई अझै भ्रममा हुनुहुन्छ। वास्तवमा उनीहरु सौतेला बुबा र छोरी हुन्। बुबा- जोन (परिवर्तित नाम) र छोरी- जोइ (परिवर्तित नाम)।

सम्भोगपश्चात उनीहरु एउटै कारमा बसेर शहर घुम्न निस्कन्छन्। समय भने राति कै हुन्छ।

जोनले कारमा रेडियो बजाउँछ। रेडियोमा सूचना बजिरहेको छ- 'एउटा युवती बेपत्ता'।

यो सुनेपछि उनीहरुबीच कुरा हुन्छ, 'आजकालका अभिभावकहरु आफ्नो सन्तानलाई प्राथमिकता नै दिन्नन्।'

सुरुवाती दृश्यमा लाशहरु थुप्रिएको नर्कजस्तो जुन कोठा थियो, त्यो जोनले नै बनाएको थियो। अब स्पष्ट हुन्छ कि जोनले यसअघि शहरका सुन्दर युवतीहरुलाई अपहरण गर्दै बलात्कार गरेर मारेको थियो। मार्दै आएको थियो।

आज पनि उ कार लिएर नयाँ शिकार (एउटा सुन्दर युवती) खोज्न शहरमा निस्केको छ। 

रात ढल्दै गएपछि उसले छोरी जोइलाई लिएर एउटा नाइट क्लबमा जान्छ। क्लबमा एउटा सुन्दर युवती देखेपछि उसले छोरीलाई फकाउन लगाउछ। जोइले पनि बुबाले भने अनुसार त्यो युवतीको नजिक जान्छिन् र वातचीत गर्छिन्। अन्ततः जोइले ती युवतीसँग सम्बन्ध बनाएर फकाउछिन्। 

दृश्य नं २ः

अब जोनले छोरीलाई प्रयोग गरेर क्लबमा भेटिएकी ती सुन्दर युवतीलाई आफ्नो घरसम्म ल्याउछ। उसले ती युवतीलाई कुनै 'सर्पराइज' काे वातावरणसहित आँखा बन्द गर्न लगाउछ। र, घरभित्र लैजान्छ।

घरभित्र लगेपछि उसले युवतीलाई विस्तारै आँखा खोल्न लगाउदै एउटा क्यामेराले फोटो खिच्छ। र भन्छ, 'तिमीलाई नर्कमा स्वागत छ।'

युवतीले आँखा खोलेपछि अचम्म पर्छिन्। वरिपरि भित्तामा झुन्डिएका विभिन्न औजारहरुलाई देखेपछि उनी डराउछिन्। उनी चिच्याउछिन् पनि। 

उनको चिच्याहट जोइले पनि सुन्छिन्। तर, उनी एक दर्शक मात्र बन्छिन्। चाहेर पनि उनले केही गर्न सक्नेवाला थिइनन्। उनलाई थाहा थियो कि अब ती युवतीले नर्कको यात्रा गर्दैछिन्।

दृश्य नं ३ः

भोलिपल्ट जोनले युवतीलाई आफ्नो कोठामा पुर्याएर हर्कत देखाउन थाल्छ। युवतीको दुवै हातलाई उसले दुई पट्टी बाँध्छ। र बाँधेर उ कतै निस्कन्छ।

घरमा बुबा नभएको बेला जोइ ती युवती बाँधिएको कोठामा सम्म जान्छिन्। बिग्रिएको ती युवतीको हालात हेर्छिन्। त्यतिबेला युवतीले पनि चिच्याउदै जोइसँग सहयोग माग्छिन्। र, बाँधिएको हात फुकाल्न भन्छिन्।

तर, जोइले चाहेर पनि केही गर्न सक्दैनिन्। बरु उनले युवतीलाई भन्छिन्, 'तिमीसँग दुई वटा विकल्प छन्। कि जोनको टर्चर सहने, कि आत्महत्या गर्ने।'

जोइलाई राम्ररी थाहा थियो कि जोनको त्यो हर्कतबाट मुक्त हुन जो-कोहीलाई पनि असम्भवजस्तै छ।

साँझ जब जोन घरमा आएर युवती बाँधिएको कोठामा पुग्छ, तब उसले ती युवतीलाई झुन्डिरहेको अवस्थामा देख्छ। यहाँबाट स्पष्ट हुन्छ कि युवतीले जोइको दोस्रो विकल्पलाई छनोट गरिन्।

युवतीले आत्महत्या गरेको देखेर जोनले आक्रोशित हुँदै जोइलाई बोलाउछ। र, युवतीको लाशबाट खुट्टा काट्न भन्छ।

जोइले लामो समयदेखि यस्ता हर्कत भोग्दै आएकी छन्। यसकारण उनको लागि यो कुनै ठूलो कुरा हैन। उनले बुबाले भनेअनुसार नै लाश भइसकेकी युवतीको खुट्टा काट्छे। त्यतीबेला खुट्टाबाट निस्केको रगतको टीका लगाइदिदै उनले जोइलाई, 'गुड जब'। 

दुश्य नं ४ः

जोनकाे शिकार भएकी ती युवतीजस्ता अन्य थुप्रै युवतीहरु पनि शिकार हुँदै जान्छन्। नचाहदा-नचाहदै जोइले पनि बुबालाई सहयोग गरिरहनुपर्ने बाध्यता छ। नत्र उनको जीवन पनि खतरामा हुछ।

त्यसपछिका दृश्यहरु भयावह बन्दै जान्छन्। जेनिफर, एना र स्कर्टले त्यो घटनालाई आयामिक बनाएका छन्।

जब अन्तिम दृश्य आउछ, तब जोइले नै जोनको हत्या गर्छिन्। जुन हत्या त्यो कथाको सुरुमै गर्नुपर्ने थियो। जोइले पेस्तोलका केही गोली र चक्कुले जोनलाई उसको नर्कमा पुर्याउछिन्।

(नाइजेरियाकाे उक्त घटनामा वर्षाैसम्म बाबुकाे शिकार भएपछि छाेरीले नै बाबुकाे हत्या गरेकी थिइन्।)

प्रकाशित मिति: : 2021-07-31 18:40:00

प्रतिकृया दिनुहोस्