आइतबार, ०७ सेप्टेम्बर २०२५

ओली-नेपालको बाटो स्पष्ट, दोस्रो तहका नेता अलमलमा, तेस्रो भाँड्दै !

थाहा खबर

थाहा खबर

काठमाडौँ
News Image
• • •

नेकपा (एमाले) भित्र चर्किएको विवाद मिल्न सम्भावना कमजोर बन्दै भएको छ। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल समूह अलग अलग बाटो तय गरेर अघि बढिसकेका छन्। 

तर, दोस्रो तहका नेताहरू पार्टी एकता जोगाउने वातावरण बनाउनै प्रयासरत छन्। एक समूहले अर्को समूहलाई ‘बाइपास’ गरेर अघि बढ्ने रणनीति अख्तियार गरेका छन्। शिर्ष नेताहरूका अभिव्यक्तिले स्पष्ट विभाजनको संकेत दिए पनि दोस्रो तहको नेताहरूको दबावमा पार्टी एकताको पक्षमा उभिएका छन्। 

आफ्नो नेतृत्वको सरकार बहिर्गमनमा निर्णायक भूमिका खेलेकाले नेपाल समूहलाई पार्टीमा फर्काउन बल गर्ने पक्षमा ओली छैनन्। तर, पार्टीमा मध्यमार्गी भूमिका खेलिरहेका विष्णु पौडेल, सुवास नेम्बाङ, प्रदीप ज्ञवालीलगायत दोस्रो तहका नेताहरूको दबाब ओलीमाथि छ। आफैं एकता पहल नगरे पनि दोस्रा तहका नेताहरूले मिलाएर ल्याए स्वीकार्ने पक्षमा ओली छन्। 

यता पार्टी एकताको पक्षमा उभिने निष्कर्षसहित बढेको भए पनि नेपाल समूहमाथि ओलीको दबाब पछिल्लो समय थपिएको छ। नयाँ पार्टी खोल्न दबाब बढिरहेको नेपाल समूहलाई एक्ल्याएर ओलीले पार्टीको गतिविधि तीव्र रुपले अघि बढाइरहेका छन्। त्यसो त नेपालमाथि पनि एकताका लागि भीम रावल, भीम आचार्य, योगेश भट्टराई, गोकर्ण विष्टलगायतका नेताको दबाब छ। 

नेपालमाथि दोस्रो तहले एकताका लागि बल गरेपनि तेस्रो तहका नेताहरू विरोध खतिवडा, प्रेम आले, रामकुमारी झाँक्री, मेटमणि चौधरीलगायत ओलीसँग निहुरिएर एकता नहुने पक्षमा अडिग छन्। 

बुधबार, श्रावण २७, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)