आइतबार, ०७ सेप्टेम्बर २०२५

४ दिनसम्म आएन क्युआर कोड, भन्छन् : विदेश जान पाइएलाजस्तो छैन

थाहा खबर

थाहा खबर

काठमाडौँ
News Image
• • •

 

सञ्जिता आचार्य

बुधबार मध्याह्न १२ बजे पिठ्युँमा कागजपत्रको  झोला बोकेर कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तालिम केन्द्रको गेटमा युवा भेला भएका थिए।

आइतबार क्युआर कोडको फारम बुझाउँदा २४ घण्टा भित्र ‘क्युआर कोड’ सहितको खोप काड तपाईंको मोबाइलमा पठाउँछौ भनेको थियो। ४ दिन बित्यो मेरो मोबाइलमा कोड नम्बर आएन। कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तालिम केन्द्रमा जम्मा भएका युवा यस्तै भन्दै थिए। 

सो भिडमा प्यूठान घर भएका ३८ वर्षीय मधुरमण घर्ती मगर तालिम केन्द्रको गेटमा भेटिए। वैदेशिक रोजगारीको खोजीमा साउदी अरब जाने तयारीमा रहेका घर्तीमगर विहिबार दिउँसो ४ बजेको टिकट छ। यति वेलासम्म उनको हातमा ‘क्यू आर कोड’ परेको छैन। सो कोड कहाँबाट र कस्ले  दिन्छ भन्ने जानकारी घर्ती मगरलाई छैन। क्यू आर कोडको फारम केन्द्रमा बुझाइएकाले घर्ती त्यहाँ आएका हुन्। उनले भने,‘सोमबार मोबाइलमा ‘क्युआर कोड’ आउँछ भनेको थियो आजसम्म आएन, अब म विदेश जान नपाउने हो?’ 

बुधबार, श्रावण २७, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)