तीज हरेक प्राणीमाथि हुने अन्यायविरूद्धकाे आवाज हुनुपर्छ– रिता लिम्बु (अन्तर्वार्ता)

रिता लिम्बु
रिता लिम्बु

कसैकाे स्वर सुन्दा यति मीठाे र सुमधुर लाग्छ, मानाै उनीहरूकाे कण्ठमा इश्वरले नै काेइली राखेका छन्। यस्तै सञ्चारकर्मी हुन्, रिता लिम्बु।

हङकङमा जन्मिएकी रिता चर्चित सञ्चारकर्मी हुन्। उनले दार्जिलिङबाट उच्चमाध्यमिक तहकाे शिक्षा पूरा गरिन्। र, त्रिभुवन विश्व विद्यालयबाट इतिहास शास्त्रमा स्नाकोत्तर गरिन्। नृत्य र खेलकुद उनकाे बचपनदेखिकाे रहर हाे।

पछिल्लो २५ वर्षदेखि उनले नेपालका विभिन्न रेडियोहरूमा काम गर्दै आएकी छिन्। सुरुमा उनले हिट्स एमएममा काम गरिन्। त्यसयता इमेज, गोर्खा, नेपाल एफएम तथा रेडियो अन्नपूर्णमा पनि काम गरिसकेकी छिन्। हाल भने उनी सिटिजन एफएममा कार्यक्रम प्रस्तोता र निर्माताको रुपमा काम गरिहेकी छिन्।

समता र समानताकाे वैचारिक अडान उनकाे सुन्दर विशेषता हाे। उनलाई हिंसा पटक्कै मन पर्दैन। र त शाकाहारी छिन्। उनी नेपाल शकाहारी संघ (एनभीए) र एनिमल नेपालकी कार्यकारी सदस्यसमेत हुन्। उनले पुनः बास केन्द्रहरुमा व्यक्तित्व विकासको लागि प्रशिक्षण पनि दिँदै आएकी छिन्।

उनले देशका विभिन्न ठाउँमा पुगेर रेडियो तालिम पनि दिँदै आएकी छिन्। आफ्नाे मन र मस्तिष्ककाे विश्राम र शान्तिकाे लागि ध्यान र योग पनि गर्छिन्।

प्रेम र करुणा उनकाे काेमलताकाे अस्त्र हुन्। पहिलो चरणको काेरोना महामारीमा मानव तथा पशुको सहयोगका लागि उनी रौतहटसम्म पनि पुगिन्।

कुनै जीव वा प्राणीमाथि अन्याय र अत्याचार भएकाे उनलाई सह्य हुँदैन। तत्काल प्रतिक्रियामा उत्रिहाल्छिन्।

महिलाहरुको महान चार्ड तीजकाे अस्थित्व खतरा रहेकाे र यसलाई सुरक्षित राख्नुपर्ने उनकाे तर्क छ। पछिल्ला वर्षहरुमा तीजकाे नाममा भित्रिएका विभिन्न अत्याधुनिक चलनलाई अन्त्य गर्नुपर्नेमा उनकाे जाेड छ।

उनै सञ्चारकर्मी रिता लिम्बुसँग बिएल नेपाली सेवाको लागि सुनैना पन्थीले केही प्रश्नहरु साेधेकी छन्ः

प्रकाशित मिति: : 2021-09-10 10:13:00

प्रतिकृया दिनुहोस्