बाह्रखरी
सर्सर्ती हेर्दा देखिन्छ, पुराना रंगकर्मीहरू शिथिल भएका छन्। वास्तवमा शिथिल भएका नै हुन्। अग्रज रंगकर्मीहरूमा पहिलेपहिले जुन उत्साह र उमंग थियो, त्यो उत्साह, उमंग र जोस सबै हराएको हो कि भन्ने अनुभूति हुँदै आएको छ।
अग्रज रंगकर्मीहरूमा रहेको ऊर्जालाई पुनर्जागृत गर्नका लागि के गर्न सकिन्छ भन्ने सोचका साथ नै केही महिनाअघि अग्रज नाट्यकर्मीहरूको जमघट भएको थियो।
रंगकर्मीहरू सुस्ताए भनेर यो कुरा मनमा किन पनि आयो भने, म आफै पनि सुस्ताएर हो ! किनभने, कुनै जमानामा हामी आफै नाट्यकर्ममा सक्रियताका साथ लागेका थियौँ।
त्यसपछि हामीले दिनरात नभनी खाई–नखाई गर्दै आएको नाट्यकर्मलाई टेलिभिजनले, टेलिभिजनलाई ठूलो पर्दाको फिल्मले टाढा पुर्यायो। यसरी हामी कलाकर्ममा हुँदाहुँदै पनि नाट्यकर्मबाट टाढा भयौँ।
नाटकको जुन लत हुन्छ, त्यसले बेलाबेलामा नाट्यकर्मीलाई ठुङिरहन्छ। यही ठुङाइमा म पनि परेँ। त्यसैले गर्दा मलाई केही गर्नुपर्छ भन्ने लाग्यो। यो निकै वर्षअघिको कुरा हो।
त्यसबीचमा यही विषयलाई लिएर मैले धेरैजनासँग कुरा गरेँ। रंगकर्मी अशेष मल्ललाई भनेँ। आरोहणका व्यवस्थापक प्रदीप श्रेष्ठलाई भनेँ। बद्री अधिकारी, किशोर डंगोललगायत अरू पुराना साथीहरूसँग भेट भयो कि नाट्यकर्मको कुरा नै हुन्थ्यो।
यसरी कुरा गर्दै गयो। तर, पछि कुरो यत्तिकै हराउँदै जाने ! हिँड्दै छ पाइला मेट्दै छ भनेजस्तै। पछि यही विषय किशोर डंगोलले उठाए। किशोर वास्तवमा यो विषयलाई लिएर गम्भीर थिए।
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया