
बिएल संवाददाता
नाइजेरियामा हरेक वर्ष सर्पको टोकाइबाट करिब दुई हजार मानिसको मृत्यु हुने गरेको पाइएको छ। यहाँका एक वरिष्ठ स्वास्थ्य अधिकारीका अनुसार त्यती बाहिर नआएको यस किसिमको स्वास्थ्य समस्याको बारेमा जागरुकता अपनाउन आवश्यक छ।
हालै सम्पन्न एक अन्तरराष्ट्रिय सर्पदंश जागरूकता दिवसको उपलक्ष्यमा मंगलबार जारी एक वक्तव्यमा नाइजेरियाका स्वास्थ्य राज्यमन्त्री ओलोरुनिम्बे मामोराले एक हजार ७०० देखि दुई हजार मानिसहरूको सर्पदंसको उपचारको क्रममा एउटा खुट्टा वा हात काट्नु परेको बताउनुभएको छ। सर्पदंसको उपचारमा प्रयोग हुने खोपको व्यवस्थापनको कार्य नाइजेरियाको ग्रामीण भेगमा निकै जटिल बनेको छ।
विशेषतः कोबरा वा नाजा निग्रीकोलिस, पफ एडर वा बिटिस एरियटन्स, र कार्पेट वाइपर वा इचिस ओसेलेटस नाइजेरियामा पाइने सर्पका मुख्य प्रजाति हुन्। यीमध्ये पनि कुल टोकाइको ९० प्रतिशत र कुल मृत्युको ६० प्रतिशत कार्पेट वाइपरको टोकाइका कारणबाट हुने गरेको अध्ययनले देखाएको छ।
सर्पदंसबाट प्रायः गाउँका महिला, किसान र बालबालिका प्रभावित हुने गरेका छन्।
मुख्य गरी खेती लगाउने र स्यार्ने समयमा सर्पदंसका घटना बढ्ने गरेको पाइएको छ। अध्यधिक वर्षाले सर्पको बासस्थानमा प्रभावित पारेको र सर्पदंस विरुद्धको खोपको अभावले हालैका दिनमा यसबाट हुने मृत्युदर बढेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यसै बीच नाइजेरियामा हैजाका कारण वर्षेनी दुई हजार ४०० जनाको मृत्यु हुने गरेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ।
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
इतिहासमा भदौ ९- भक्तपुर काण्ड (कालो दिवस)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया