सोमबार, ०८ सेप्टेम्बर २०२५

‘काम पाइएन, सरकारी भत्ता पनि आएन, कसरी दशैं मनाउने ?’

अनलाइनखबर

अनलाइनखबर

जनक विष्ट
News Image
• • •

‘दशैं आयो, खाउँला पिउला…’ शुक्रबार दिउँसो भीमदत्त नगरपालिका-९ मटैनास्थित कलबिर राउटेको जस्तापाताले छाएको घरमा पुग्दा रेडियोमा यही गीत बजिरहेको थियो।

दिउँसोको तीन बजेको छ। सिमसिम पानी परिरहेको छ। कलबिर दम्पती दुई कोठे घरभित्रै थिए। झ्याल र ढोकासमेत नभएको घरको अर्को कोठामा छोरी संगीता निदाइरहेकी थिइन्।

बाहिर मान्छे आएको थाहा पाएपछि कलबिरकी पत्नी पुनम रेडियो बन्द गरेर ढोकासम्म आइन्। नमस्कार गर्दै उनले सोधिन्, ‘कहाँबाट आउनुभएको हो ? केही मिल्ने हो की ?’

आफूहरु पत्रकार भएको र समाचार संकलनमा आएको बताएपछि कलबिर दम्पती निराश जस्ता देखिए। उनीहरु आफ्ना वेदनाका पोका फुकाउन थाले। ‘पाँच दिन जति भयो काम नपाएको, भोकभोकै बस्नु परेको,’ पुनम राउटेले भनिन्।

राउटे दम्पतीका लागि इँटाको गारो र जस्ताको छानो भएको दुई कोठे यो टहरो सरकारले बनाइदिएको हो। यसमा ‘माननीय डाक्टर दीपक प्रकाश भट्टको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट निर्माण गरिएको भवन’ लेखेर बोर्ड राखिएको छ। घर बनेको तीन वर्ष भइसक्यो, तर अहिलेसम्म झ्याल र ढोका भने राखिएको छैन। झ्याल र ढोका राखिदिन अनुुरोध गर्दा ठेकेदारले ‘अर्को वर्ष दिन्छु’ भनेका थिए तर त्यो वर्ष कहिले आउने हो थाहा छैन।

 

आइतबार, आश्विन १०, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)