'माउन्टेन गाइड लाइसेन्स खारेज भएमा 'आईसएक्स' र क्लाइम्विङ गियर लिएर प्रतिकारमा उत्रन्छौं,' -कीर्तिमानी आरोही कामिरिता शेर्पा

नेपालका पर्वतीय पथप्रदर्शक (माउन्टेन गाइड) को समसमायिक समस्यावारे काठमाण्डौंमा एक अन्तरक्रिया कार्यक्रम भएको छ। लामो समयदेखि पर्वतिय पर्यटन क्षेत्रमा कार्यरत श्रमिकहरुले उठाइरहेको विषयमा पर्वतीय पथ प्रदर्शक संघ नेपाल (मोगान) ले सोमबार पर्यटन वोर्डको सभा हलमा एक अन्तरक्रिया कार्यक्रम राखिएको हो।  

छलफल र अन्तरक्रियाको मुल विषय हिमालमा कार्रयत मजदुरको समसमायिक विषय सहित परिचयपत्र विवाद रहेको आयोजकले वताए। पर्वतारोहण सम्बन्धि तालिम दिने नेपालको एक मात्र संथा नेपाल पर्वतारोहण संघ (एनएमए)को सिफारिसमा नेपाल सरकारको पर्यटन विभागले पर्वतीय पथप्रदर्शकहरूलाई वि.सं. २०७७ चैत १ गतेबाट परिचय–पत्र दिन सुरु गरिएको थियो। त्यही क्रममा १२० जनाले परिचय–पत्र पाइसकेका थिए भने ३०० जना भन्दा बढीले एनएमएबाट सिफारिस लिइसकेका छन्।  

यही बीचमा एनएमएको बुक भएका र संघको हरेक तालिमका प्रशिक्षक समेत रहेका ४३ जना बुक होल्डरले यसरी परिचयपत्र दिनु हुँदैन भन्दै सर्बोच्च अदालतमा मुद्धा दायर गरे। पर्वतारोहणका लागि योग्य बुक होल्डर पथप्रदर्शकहरू अयोग्य भएको जिकिर गर्दै उनीहरूले मुद्धा दिएका हुन्। त्यसैले परिचय–पत्र वितरण कार्य रोक्न सर्बोच्चले अन्तरिम आदेश दिएकाले विभागले वितरण कार्य बन्द गरेको छ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका पर्यटन विभागका पर्वातारोहण शाखाका निर्देशक सुर्यप्रसाद उपाध्यायले लामो समय नेपालका पर्वतिय क्षेत्रमा कार्यरत मजदुरहरुको समस्यालाइ विभागले गम्भिर ढंगले लिएको वताए। ' पर्वतिय क्षेत्रमा कार्यरत सम्पुर्ण मजदुरहरुको सुरक्षा , पारिश्रमिक, इन्सुरेन्स र उनिहरुको समस्यालाइ मध्यनजर गर्दै विभागले काम गरिरहेको छौ ,' उनले भने।

त्यस्तै नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाले पर्वतिय पर्यटनमा लागेका हजारौं मजदुरहरको हक हित र अधिकारको लागी संघले सदैव सद्भाव रहेको वताउदै , उनिहरुको आवाजमा जुनसुकै सरकारी निकायमा गएर साथ सहयोग रहेने प्रतिवद्दता जनाए  ।
त्यसैगरी टानका अध्यक्ष खुम सुवेदीले पर्यटन व्यवसायी र मजदुरहरु सिकाका दुइ पाटा भएको वताउदै तिनिहरुको मागप्रति सकरात्मक रहेको वताए। 

अन्तरकृया कार्यक्रममा २५ चोटी सगरमाथा आरोहण गरेका किर्तिमानी कामिरिता शेर्पाले नेपाली माउन्टेन गाइडलाई नेपाल सरकारले परिचय पत्र वितरण गरेकोमा वर्षौदेखी हिमालमा परिचयविहिन भएर बाचेको उनिहरु निकै खुशि भएको वताए। तर केहि दर्जन अन्तराष्ट्रिय तालिमप्राप्त गाइडले सर्वोच्च अदालतमा रिट निवेदनको मुद्दा दायार गरेकोले परिचय पत्र वितरणमा रोक लागेकोमा निकै दुःख व्यक्त गरेका थिए।
उनले भने ' वर्षेनि हिमाल चढ्ने रुट खोल्ने , आइसफलमा डोरी टाँग्ने , आरोहणको लागी वाटो वनाउने सबै (एनएमएको रेड बुक गाइड) क्लाइम्बरले हो। अन्तराष्ट्रिय गाइडले होइन। हामीले वाटो नखोलेसम्म हिमाल चढ्न कोहि पनि सक्दैन।' 

त्यहि पर्वतिय श्रमिकले खोलेको वाटोमा अन्य आरोहण हिमाल चढ्छन , तिनिहरुलेनै लाइसेन्स नपाउने ? उनिहरुनै अयोग्य हुने ? यो कस्तो कुरा हो ? यो नियम के हो ?' भन्दै प्रश्न गरे।  सरकारले दुधको दुध पानि पानिको छुट्याउनु समेत आग्रह गरेका छन। साथै नेपालमा सयौं हिमालहरु छन , नया वाटो र रुट खोलेमा हामी साथ दिन तयार छौ। नयाँ हिमाल एक्स्पलोर र खुलाउन हामी क्लाइम्वर र माउन्टेन गाइड विना असम्भव छ। माउन्टेन गाइड र अन्तराष्ट्रिय तालिम प्राप्त गाइडहरु संयुक्त एकसाथ मिलेर हिमालमा काम गरे मात्र सफलता हुन्छ , राज्यलाइ पनि फाइदा हुन्छ उनले वताए।

त्यसैले वन्द गरिएको लाइसेन्स सुचारु गर्न र वर्षौदेखी परिचयविहिन पर्वतिय पथप्रदर्शकहरुलाइ सम्मानजनक ढंगले आफ्नो पेशामा लाग्न दिन उनले सरकार समक्ष अनुरोध गरेका छन। 'यदि हामीलाइ लाइसेन्स दिएन भने हाम्रो हतियार 'आईसएक्स' सहित क्लाइम्विङ गियर लिएर प्रतिकारमा उत्रन वाध्य हुनेछौ, ' उनले वताए।

नेपाल स्वतन्त्र पर्यटन श्रमिक संघ (निटोग) का उपाध्यक्ष तथा माउन्टेन गाइड लाल वहादुर वाइवाले सन २०१७ मा जापान भ्रमणको बेला त्रिभुवन विमानस्थलमा  भोगेको नमिठो घटना स्मरण गराए। " मलाइ विमानस्थल्मा गाइडको परिचय पत्र खोज्यो, म ट्वाल्ल परे, उता जापानीज स्पोन्सरले इज्जतसाथ माउन्टेन  गाइड भनेर निमन्त्रणा पठाएको थियो, आफ्नै देशमा अपमानित महसुस भए। " बल्ल परिचय पत्रको महत्ववारे चाल पाए ,´ उनले भने।

त्यस्तै विभिन्न ट्रेड युनियनका प्रतिनिधिहरुले पर्वतिय पथप्रदर्शकहरुको माग जायज रहेको भन्दै उनिहरुको हक अधिकारको लागी  एक्यवद्दता जनाएको छ।सहभागी गाइडहरुले पर्वतीय पथ प्रदर्शकहरुको समसामयिक मुद्धाहरु जस्तै पर्वतीय पथप्रदर्शक परिचय पत्र, सामाजिक सुरक्षा कोष , उद्धार कोष तथा तालिम व्यवस्थापन लगायत विभिन्न मुद्दाहरुमा अन्तरक्रिया गर्दै मागहरुको सम्वोधन गर्न पर्ने धारणा राखेका थिए। 

उक्त कार्यक्रममा पर्यटन विभाग, टेकिङ्ग एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान), नेपाल पर्वतारोहण संघ (एनएमए), एक्सपिडिसन अपरेटर एसोसिएसन, सगरमाथा आरोही संघ, नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघ, पर्यटन क्षेत्रमा क्रियासिल ट्रेड युनियनहरू, पर्वतीय पथप्रदर्शक संघ नेपाल (मोगान) र पर्वतीय पथप्रदर्शकहरूका बीचमा छलफल तथा अन्तरक्रिया भएको थियो।

प्रकाशित मिति: : 2022-01-11 14:13:00

प्रतिकृया दिनुहोस्