
अनलाइनखबर
त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा कार्यरत सिनियर नर्स लक्ष्मी केसी कोरोना संक्रमण भएर होम आइसोलेसनमा छिन् ।
कोरोना महामारीका सुरुवातका दिनदेखि दिनरात उपचारमा खटेकी उको सरकारसँग गुनासो छ, समयमा बुस्टर डोज लगाइदिएको भए यसरी संक्रमित हुनपर्ने थिएन । आमिक्रोन भेरियन्ट देखिए लगतै जनस्वास्थ्यविदहरुले स्वास्थ्यकर्मीहरुलाई बुस्टर डोज दिन आग्रह गर्दै आएका थिए ।
तर सरकारले लामो समय आनाकानी गर्यो । संक्रमण समुदायमा फैलिइसकेपछि बल्ल आइतबारबाट फन्टलाइनमा खटिनेहरुलाई बुस्टर दिन थालिसकेको छ । चिकित्सकहरुका अनुसार कोरोना खोपको काम गर्न कम्तिमा दुई साता लाग्छ, त्यतिबेलासम्म धेरै स्वास्थ्यकर्मी संक्रमित भइसक्ने खतरा छ । किनकी तीव्र गतिमा फैलिएको ओमिक्रोन भेरियन्टले काठमाडौं उपत्यकाका ठूला अस्पतालमा धेरै स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन् ।
यही बेला कोरोना संक्रमण तीव्र गतिमा बढेको छ र अस्पतालमा पनि चाप बढ्न थालेको छ । त्यसैले संक्रमित स्वास्थ्यकर्मी कोही होम आइसोलेसनबाटै त कोही अस्पतालमै आएर बिरामीको उपचारमा जुटेका छन् ।
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
इतिहासमा भदौ ९- भक्तपुर काण्ड (कालो दिवस)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया