सोमबार, ०८ सेप्टेम्बर २०२५

बलिउडका यी कलाकार जसले विवाह नै गरेनन्...

Breaknlinks
• • •

बलिउडमा त्यस्ता धेरै कलाकारहरु छन्। जसको उमेर  ४० भन्दा बढी कटिसकेका छन् तर पनि विवाह हुन सकेको छैन। भलै केही कलाकारहरुको विवाह हुने चर्चा चले पनि हल्लामै सिमित रह्यो।  तर उनीहरुको अफेयरले भने सिमा नाग्यो। आज हामी चर्चा गर्नेछौँ त्यस्ता कलाकारकाबारे जसले विवाह गरेका छैनन्। 

सलमान खान
बलिउडका चर्चित अभिनेता सलमान खान उमेरले ५७ कटिसके। तर उनी विवाह गर्ने कुरा गर्देनन्। एक इन्टरव्यूमा उनका पिता सलीम खानले पनि भनेका थिए, सलमानको विवाहबारे। उनले छोराको विवाह हुने या नहुनेबारे केही थाहा नभएको बताएका थिए। सलमानको अफेयर भने कयौं अभिनेत्रीसँग जोडिसकेको छ। 

अक्षय खन्ना 
बिनोद खन्नाका छोरा अक्षय खन्ना ४७ वर्षका भए तर उनी अहिलेसम्म अविवाहित छन्। उनले एक इन्टरव्यूमा भनेका थिए–उनी आफ्नो स्वतन्त्रसँग सम्झौता गर्न चाहदैनन्। 

सुष्मिता सेन
सष्मिताको केही समयअघि हाफ्नो प्रेमीसँग ‘बे्रकअप’ भएको थियो। दुई वटा बच्चालाई लिएकी उनी उमेरले ४७ पुगिसकेकी छन्। तर उनलाई विवाह गर्ने केही हतार छैन। उनी आफ्नो सन्तानको हेरचाहमा नै व्यस्त छिन्। 

तब्बू 
अभिनयको मामलामा उनी नाम चलेकी अभिनेत्री हुन्। तर उनी अहिलेसम्म अविवाहित छिन्। उमेरले ४६ वर्ष पुगेकी उनी विवाह गर्छिन या गर्दिन भन्ने बारेमा सबै अन्जान छिन्।  

अमीषा पटेल
अमिषा एकपटक पुन–‘गदर २’ देखिने भएकी छिन्। तर ४६ वर्ष उनी अहिलेसम्म अविवाहित छिन्।  एकल लाइफ जीउनुमा नै आफू खुशी रहेको उनी बताउँछिन्। उनले धेरै जनासँग अफेयर राखिन्। तर कसैसँग विवाह गर्न चाहिनन्। 

तनीषा मुखर्जी
काजलकी बहिनी तनीषा ४४ वर्ष पुगिन्। उनी पनि आफ्नो जीवन एक्लो बिताउन चाहन्छिन्। उनको नाम उदय चोपडालगायत अरमान कोहलीसँग जोडियो। तर उनको विवाह भने हुन सकेन। 

शमिता शेट्टी
बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीकी बहिनी शमिता आजकल ‘बिग बोस–१५’ मा देखिएकी छिन्। ४३ वर्षकी उनको धेरैसँग नाम जोडियो तर उनी अहिलेसम्म अविवाहित छिन्। हालै उनको नाम टीवीका अभिनेता राकेश बापतसँग जोडिएको छ। 

 

मंगलबार, माघ ११, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)