प्रेमीसँग मिलेर श्रीमानको हत्या, शव नदीमा फालेर हरायाे भन्दै प्रहरीसँग गुहार

दाङ राप्ती गाउँपालिका ३ वसन्तपुर बस्ने लप्टेन चौधरी, उमेरले ५४ वर्ष पुगे।

उनको आफ्नी श्रीमती उमादेवी चौधरीसँग लामो समयदेखि राम्रोसँग सम्बन्ध थिएन। घरमा झगडा भइरहन्थ्यो। झगडा यस्तो हुन्थ्यो कि गाउँका छरछिमेकलेसमेत चाल पाइसकेका थिए।

लप्टेनले झगडा गर्नुको एउटा कारण थियो, श्रीमती अरुसँग अबैध प्रेम सम्बन्धमा रहेको भन्ने कुरा।

लप्टेनले श्रीमतीलाई सधैं अबैध सम्बन्ध भन्दै आरोप लगाउने पुरुष थिए राप्ती गाउँपालिका ३ मसुरियाका हनुमान चौधरी।

श्रीमतीको हनुमानसँग अबैध सम्बन्ध रहेको भन्दै लप्टेनले श्रीमतीको गाउँमासमेत बेइज्जत गरिसकेका थिए।

अबैधसम्बन्धको विषयमा लप्टेनले श्रीमती उमादेवीलाई कुटपिटसमेत गर्ने गरेका थिए। अबैधसम्बन्ध रहेको भन्दै गाउँसमाज बेइज्जत गरेको, कुटपिट गरेको भन्दै लप्टेनकी श्रीमती उमादेवी र हनुमानले उनलाई मार्ने योजना बनाइरहेका थिए।

गएको माघ २९ गते दुई जनाबीच झगडा भयो। लप्टेनले श्रीमती उमादेवीलाई मार्ने धम्की दिए। त्यसपछि उमादेवीले हनुमानलाई फोन गरेर आफ्नो श्रीमानले आफूलाई हातपात गर्दै मार्ने धम्की दिएको कुरा बताइन।

त्यसपछि हनुमानले कहाँ छ लेप्टन भन्दै उमादेवीलाई सोधे। उनले आफ्नो श्रीमान लप्टेन कोठामा नसामा लट्ठ परेर सुतेको हनुमानलाई जानकारी दिइन। अनि बन्यो उनीहरुको लप्टेनको हत्या योजना।

फोनमा कुरासकेपछि उमादेवी घरको दक्षिण तर्फको ढोका खुल्ला छाडेर १२ कर्षकी छोरीलाई लिएर अर्को कोठमा गइन। राती १० बजेको थियो। हनुमान हत्या योजनासहित लप्टेनको घरमा आए। ढोका खुल्लै थियो,भित्र छिरे।

लप्टेन काटमा मस्तले सुतिरहेका थिए। अनि हनुमानले हत्या योजनासहित प्रहार गर्न थाले। सुरुमा मुट्कीले थातीमा हिर्काए। उनको हिर्काइबाट लप्टेन छटपटाउन थाले। त्यसपछि हनुमानले लप्टेनलाई समाति भुइमा खसालेर घाँटी बुझी हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिए।

उनले भने, ‘लप्टेन नसामा सुतेको समयमा हनुमानले सुरुमा मुट्कीले हानेको र पछि घाँटी बुझेर कतव्य गरेको खुलेको छ।’ प्रहरी नावय उपरीक्षक रिजालका अनुसार लप्टेनको हत्यापछि हनुमानले सोही दिन राती  नै शव पिठ्यूमा बाकेर गाउँ नजिकैको राप्ती नदिमा लगेर फालेका थिए।

यसरी खुल्यो हत्या योजनाको तथ्य

माघ २९ गते लप्टेन चौधरीको हत्या भएको भएपनि लप्टेनकी श्रीमती उमादेवीले फागुन ५ गतेमात्र आफ्नो श्रीमान हराएको भनेर कुरा सार्वजनिक गरेकी थिइन।

उमादेवीले हत्या भएको भोली पल्ट फागुन १ गते आफ्नो श्रीमान काम गर्न गढवा गाउँपालिका गएको र घर नर्फिएको भनेर माघ ५ गते खोजतलास गरिदिन प्रहरी कहाँ निवेदन दिइएकी थिइन।

उनले आफ्नो श्रीमान लप्टेनको माघ १ गते सम्पर्क विहिन भएको र आफन्त कहाँ खोजतलास गर्दा पनि फेला नपरेको प्रहरी कहाँ दिएको निवेदनमा उल्लेख गरेकी थिइन।

त्यसपछि प्रहरीले लप्टेन चौधरीको खोजतलास गर्ने समयमा ५ गते साँझ ६ बजे गढवा गाउँपालिका २ कोठरीस्थित राप्ती नदीमा शव फेला परेको थियो।

उमादेवीले उक्त शव आफ्नो श्रीमानको भएको भनि बताएपछि प्रहरीले अनुसन्धान थाल्यो। ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक भुवन भट्टको कमाण्डको टोलीले अनुसन्धानका क्रममा लप्टेनकी श्रीमती उमादेवी र हनुमान चौधरी मिली हत्या गरेको तथ्य फेला पारेको छ।

प्रहरीले हत्या आरोपमा दुबै जानालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। उनीहरुबीचमा अबैध प्रेमसम्बन्ध थियो कि थिएन भन्ने खुलेको छैन। सबै तथ्य अनुसन्धान पछि खुल्ने जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नावय उपरीक्षक रिजालले जानकारी दिए।

प्रकाशित मिति: : 2022-02-19 16:24:00

प्रतिकृया दिनुहोस्