
महेश नेपाली
जुम्ला बहुमुखी क्याम्पसमा तीन वर्षे वि.एड. अध्ययन गरेका विद्यार्थीकाे तेस्रो वर्षको परीक्षा केन्द्र सुर्खेत सारिएको विषयमा जुम्लाका विभिन्न विद्यार्थी संगठनहरु आन्दोलित बनेका छन्।
मंगलबार जुम्ला बहुमुखी काम्पसमा संयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाएर तालाबन्दी गरेका विद्यार्थी संगठनहरुले परीक्षा केन्द्र जुम्लामै राख्न माग गरेका हुन्।
फागुन १३ गतेबाट संचालन हुने परीक्षाको केन्द्र सुर्खेतमा राख्नु त्रिभुवन विश्विद्यालयले नेपालकाे संविधान र संघीयताको उपहास गरेकाे उनीहरुले बताएका छन्।
सुर्खेतमा परीक्षा दिन जाँदा असहज हुने भन्दै क्रियाशिल विद्यार्थी संगठनहरुले ध्यानाकर्षण पत्र बुझाउनुका साथै तालाबन्दी गरेको अनेरास्ववियु स्थायी कमिटी सदस्य धिरज जैशीले बताए।
'विद्यार्थीले सहज रुपमा दिन पाउने परीक्षालाई असहज बनाइएपछि हामी आन्दोलित हुनु परेको हाे,' उनले भने, 'यसले त्रिभुवन विश्वविद्यालय स्वायत्तता र विकेन्द्रीकरणको खिलापमा रहेकाे प्रष्ट हुन्छ।'
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीका नेताहरुले गरेको हस्ताक्षर सहितको ध्यानकर्षण पत्र क्याम्पस प्रशासनमा बुझाइएको नेविसंघका सचिव नेत्र शाहीले बताए।
'परीक्षा संचानल हुनु केहि दिनअघि केन्द्र सारिएको सूचनाले विद्यार्थीलाई असहज बनाएको छ,' उनले भने, 'जुम्लामै परीक्षा केन्द्र हुनुपर्ने हाम्रो जबर्जस्त माग हाे।'
संयुक्त ध्यानकर्षण पत्रमा भनिएको छ,'नेपालमा क्रियाशिल विद्यार्थी संगठनहरुको संघर्ष र गौरवपूर्ण आन्दोलनबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भई सिंहदरबारको अधिकार आम नागरिकको घरघरमा विकेन्द्रिकण गरिएको व्यहोरा अवगत नै छ।
नेपालको शैक्षिक परिवर्तनमा आम विद्यार्थीले खेलेको भूमिका र उपलब्धिले दुर दराजका गरीब तथा विपन्न विद्यार्थीले सुलभ र न्युनतम शुल्कमा शिक्षा प्राप्त गर्न पाएका छन्।'
त्रिभुवन विश्व विद्यालयले फागुन १३ गतेदेखि संचालन गर्ने तीन वर्षे वि.एड.अन्तर्गत तेस्रो वर्षेको परीक्षाको मुखमै केन्द्र सारिएको विषयमा गम्भिर ध्यानकर्षण भएको पत्रमा उल्लेख गरिएको छ।
'त्रिभुवन विश्वविद्यालयको यस निर्णयले विद्यार्थीहरुको आर्थिक अवस्था र अध्ययनमा देखिएको नमरात्मक असरप्रति हामी खेद प्रकट गर्दछौं,' ध्यानाकर्षण पत्रमा भनिएकाे छ,'त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहको परीक्षा केन्द्र सुर्खेत तोकिदा पनि जुम्ला बहुमुखी क्याम्पस आफ्ना विद्यार्थीहरुप्रति गैर जिम्मेवारी बनेको अनुभूति भएको छ।'
विद्यार्थी संगठनहरुले अविलम्ब उक्त निर्णयलाई फिर्ता लिएर विद्यार्थी जहाँका हुन त्यहीँ परीक्षा गर्न माग गरेका छन्। त्रिविले उक्त प्रतिगामी निर्णय नसच्याए कडा आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएका छन्।
उनीहरुले केन्द्र जुम्लामा तोकिए पछि मात्र परीक्षा दिने र सुर्खेतमै भए कुनै हालतमा नजाने बताएका छन्।
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
इतिहासमा भदौ ९- भक्तपुर काण्ड (कालो दिवस)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया