आइतबार, ०७ सेप्टेम्बर २०२५

पल प्रकरणमा रेखाको चरित्रहत्या, शर्मिलाविरूद्ध प्रहरीमा उजुरी

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैँ
photo:facebook
• • •

बलात्कारको आरोपमा पक्राउ गरेका अभिनेता पल शाहको विषयलाई लिएर सामाजिक सञ्जाल तथा युट्युबमा जथाभावी चरित्रहत्या गरेको भन्दै सर्मिला वाईवा र उनको अन्तर्वार्ता सार्वजनिक गर्ने युट्यब च्यानलविरूद्ध प्रहरीमा उजुरी परेको छ।

आफूलाई अभियानता बताउने वाईवाले नायिका रेखा थापालगायतका विभिन्न व्याक्तिहरूका नाममा टिकाटिप्पणी गर्दै चरित्रहत्या गरेको भन्दै नायिका रेखा थापाकी दिदी तारा थापाले नेपाल प्रहरीको साईबर ब्यूरोमा शुक्रबार उजुरी दिएकी हुन्।

रेखा थापा पीडित गायिकाको पक्षमा बोलेकी थिइन। फेसबुकमा एक स्टाटस राख्दै रेखाले पीडित गायिकाको पक्षमा वकालत गरेकी हुन्। २० वर्षमुनिका छोरीहरुमा सबै प्रकारका सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार रहेको उनको तर्क छ।

सामाजिक सञ्जालमा कुनै पनि व्याक्तिकाे चरित्रहत्या गर्नेलाई विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अन्तर्गत कारबाही गरिने व्यवस्था रहेकाे छ। 

शुक्रबार, फाल्गुण २०, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!