बेलकाेटगढी नगरपालिकाकाे मेयरकाे लागि को–को छन् मैदानमा ?

नुवाकोटको मध्यपश्चिममा अवस्थित बेलकाेटगढी नगरपालिका विकास र पूर्वाधाकारको प्रयोगमा सबैभन्दा अगाडि रहेको पाइन्छ। स्थानीय तह पुनर्संरचना हुँदा साविकका गाउँ विकास समितिहरू (गा.वि.स) दुईपिपल, रातमाटे, कुमारी, बेलकोट, जिलिङ र मदानपुर (१ देखि ६ र ९ वडा) मिलेर बनेकाे हाे, बेलकाेटगढी नगरपालिका।

आगामी वैशाख ३० काे लागि घाेषणा गरिएकाे स्थानीय तह निर्वाचन नजिकिएसँगै स्थानीयस्तरमा चुनावी गतिबिधिहरू बढ्न थालेका छन्। अहिले राजनीतिक दलहरूले गाउँ–गाउँमा पुगेर पार्टी प्रवेशदेखि प्रशिक्षणका कार्यक्रमहरू गरिरहेका छन्। त्यस्तै नेता कार्यकर्ताहरू पनि आफ्ना नेता तथा पार्टीकाे समर्थनमा जुटेका छन्। यहाँ नेकपा (एमाले), नेपाली काग्रेंस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (रा.प्र.पा), एकीकृत समाजवादीलगायतका राजनीतिक दलहरूकाे प्रभाव रहेकाे छ।

यसअघिकाे स्थानीय तह निर्वाचनमा एमालेका राजेन्द्ररमण खनाल मेयरमा विजयी भएका थिए। उनले ६ हजार ६ सय ५३ मत प्राप्त गर्दा उनकाे निकटतम प्रतिद्वन्द्वी माओवादीका जगतबहादुर गुरूङले ६ हजार ४ सय ४३ मत प्राप्त गरेका थिए। 

यसपटक पनि यहाँ मेयर पदकाे लागि धेरैले आंकाक्षा देखाएका छन्। मेयर पदको उम्मेदवार बन्न एमालेबाट चार जनाले आकांक्षा देखाएका छन्। यसअघिकाे निर्वाचनमा मेयर पदमा विजय हासिल गरेका खनाल पुन: मेयरमा दाेहाेरिन चाहान्छन्। त्यस्तै उनीसँगै एमालेबाट सुदर्शन नेपाल, बासु कडुवाल र नारायण सापकाेटाले पनि मेयर पदका लागि उम्मेदवारी दिन चाहान्छन्।

त्यस्तै २०७४ काे निर्वाचनमा साेही नगरपालिकाकाे मेयर पदमा पराजित भएका माओवादीका गुरूङ पनि मुख्य दावेदार हुन्। उनीसँगै माओवादीबाट राजकुमार रेग्मी, मुकुन्द पाैडेल र रामप्रसाद ढुङ्गाना पनि मेयर पदमा उठ्ने आकांक्ष देखाएका छन्। तथापि, सत्ता गठबन्धमा रहेका पाँच पार्टीले स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने निर्णयसँगै कुन पार्टीबाट काे उठ्ने भन्ने तय भएकाे छैन।

त्यस्तै गरी नेपाली कांग्रेसबाट तीन जना नेताहरूले मेयर पदमा उम्मेदवारी दिने आकांक्षा राखेका छन्। जसमा यादव नेपाल, बैकुण्ठबहादुर पाण्डे, प्रताप लामा रहेका छन्। गाउँकाे विकासमा सधै लागि परेका उनीहरूकाे पनि यस क्षेत्रमा राम्राे प्रभाव रहेकाे छ।

त्यसैगरी हालका जनप्रतिनिधिहरूले राम्राे काम गर्न नसकेकाे तथा कार्यकर्ता पाेषणमा लाग्दा गाउँमा विकास नभएकाे भन्दै केही युवाले स्वतन्त्र उम्मेदवारी दिने समेत बताउँदै आएका छन्।

प्रकाशित मिति: : 2022-04-03 12:19:00

प्रतिकृया दिनुहोस्