
बिएल संवाददाता
अर्घाखाँचीकाे मालारानी– ४ मा नेकपा (एमाले)का कार्यकर्ताले सत्ता गठबन्ध (माओवादी केन्द्र, नेपाली काँग्रेस, जनमाेर्चा)का कार्यकर्तामाथि आक्रमण गरेका छन्।
एमालले कार्यकर्ताहरूले चुनावी अभियानमा रहेका गठबन्धनका नेता कार्यकर्तामाथि खनस्थित जवाहमा हातपात गरेका हुन्।
दुवै पक्षाहरू आ–आफ्नाे तरिकाले अभियनमा हिँडिरहेका बेला गठबन्धका पक्षले निवर्तमान वडा अध्यक्ष विष्णुप्रसाद पाेख्रेलेले गरेकाे भ्रष्ट्राचारविरूद्ध नाराबाजी लागएपछि एमालले कार्यकर्ताहरूले हातपात गरेकाे स्थानीयले बताएका छन्।
‘गठबन्धनका कार्यकर्ताले खन बजारमा र्याली तथा नारावाजी गर्दै गर्दा भ्रष्टाचारी बाई, बाई। नेपाली काङ्ग्रेस जिन्दावाद भन्दै नाराबाजी गरिँरदा खन जवाह निवासी स्थानीय नेकपा एमालेका कार्यकर्ता सो नाराको बिरोधमा उत्रिएपछि केही तनावपूर्ण अवस्था सिर्जना भएकाे हाे,’ एक स्थानीयले बिएल नेपाली सेवासँग भने।
हाल एमालले वडा अध्यक्षकाे उम्मेदवार बनाएका निवर्तमान वडा अध्यक्ष विष्णुप्रसाद पाेख्रेलले प्रधानमन्त्री राेजगार कार्यक्रममा भ्रष्ट्राचार गरेर कारबाही भाेगेपछि यहाँका स्थानीयहरू असन्तुष्ट बन्दै आएका छन्। तथापि, एमालले कार्यकर्ताले भने आफ्नाे उम्मेदवारकाे विराेध गरेकाे भन्दै उत्तेजित बन्दै आएकाे छ।
सो तनावलाई शान्त गराउनको निम्ति नेपाली काँग्रेसका प्रदेश सह–महामन्त्री विष्णुप्रसाद खनाल (मुस्कान), जिल्ला सचिव कृष्णप्रसाद खनाल र नेकपा (एमाले)का तर्फबाट पार्टीका कार्यलय सचिव लिलबहादुर वि.क र मालारानी– ४ निर्वाचन परिचालन समिती संयोजक बलराम भुसाल घटनास्थल पुगेका थिए। हाल दुबै पक्षले अब कुनै व्यक्तिलाई आक्षेप नलगाई शान्तिपूर्ण तरिकाले आ-आफ्नो चुनावी गतिविधि गर्ने सहमति गरेका छन्।
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
इतिहासमा भदौ ९- भक्तपुर काण्ड (कालो दिवस)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया