मतदानमा शीर्ष नेता : मन्त्री कार्की लखेटिँदा भट्टराईलाई गालीकाे ओइराे, प्रचण्डमाथि आशंका

Breaknlinks
Breaknlinks

स्थानीय तह निर्वाचन २०७९ काे मतदान प्रक्रिया सकिएकाे छ। देशभर एक्कैसाथ बिहान ७ बजेदेखि सुरू भएकाे मतदान बेलुका ५ बजे सकिएकाे हाे। निर्वाचनमा कति प्रतिशत मत खसेको हो भन्ने अन्तिम विवरण आउन बाँकी रहेको छ। अपरान्ह ४ बजेसम्म ५५ प्रतिशत मतदान भएको प्रारम्भिक तथ्यांक प्राप्त भएको निर्वाचन आयोगले जनाएकाे छ।

देशभरका अधिकांश क्षेत्रमा मतदाताहरले उत्साहजनक रूपमा मतदानमा सहभागी भएका छन्। ५ वर्षपछि भएकाे निर्वाचनमा नागरिकले नयाँ जनप्रतिनिधि चुन्ने अधिकारकाे प्रयाेग गरेका छन्। दिनभर आ–आफ्नाे मतदान केन्द्रमा लामाे समयसम्म लाइन बसेर भएपनि मतदाताले मतदान गरेका छन्।  त्यस्तै देशकाे शीर्ष नेतृत्वमा रहेका विशिष्ठ व्यक्तिहरूले पनि आफ्नाे गृह जिल्लामा पुगेर मतदान गरेका छन्।

नेकपा (एमाले) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका– २ बालकोटस्थित महेन्द्र शान्ति माविस्थित ‘क’ मतदान केन्द्रबाट मतदान गर्दा प्रधानमन्त्री समेत रहेका नेपाली  काँग्रेस सभापति शेरबहादुर देउवाले गृह जिल्ला डेढेलधुराकाे गन्यापधुरा गाउँपालिका– १ रूवाखोलास्थित असिग्राम मा.वि (ख) केन्द्रबाट मतदान गरे।

त्यस्तै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह नगर भरतपुरबाट मतदान गरे। पूर्वप्रधानमन्त्री समेत रहेका जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले गृहनगर पालुङटार नगरपालिका– १ स्थित अन्नपूर्ण मा.वि केन्द्रबाट मतदान गरे।

त्यस्तैगरी नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले रौतहट गौरस्थित रामजानकी कन्या प्रा.वि, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले रुपन्देहीको तिलोत्तमा नगरपालिका- ८ मा रहेको ज्योति आधारभूत स्कुल, कांग्रेस नेता प्रकाशमान सिंहले काठमाडाैँ महानगरपालिका- १६ स्थित युवक मावि, राप्रपा नेपाल अध्यक्ष कमल थापाले हेटौंडा उपमहानगरपालिका– ६ स्थित बंशगोपाल उच्च मावि, हेटौंडा उपमहानगरपालिका– ६ स्थित बंशगोपाल उच्च मावि, अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले रुकुम पश्चिमको मुसीकोट नगरपालिका– ५ को यमुना नन्द नमुना माध्यमिक विद्यालयको ‘क’,काे मतदान केन्द्रबाट मतदान गरेका छन्।

यसरी देशका शीर्ष नेताले गृह जिल्लामा पुगेर गरेकाे मतदानलाई विशेष रूपमा हेरिएकाे छ। लामाे समयसम्म राजधानी काठमाडाैँमा बसेर देश हाँकिरहेका नेताहरू गाउँमा पुगेर मतदाताहरू पनि खुसी भएका छन्। मतदाताहरू शीर्ष नेताहरूकाे समर्थनमा जुटेका बेला केही शीर्ष नेताहरूविरूद्धले भने आलाेचित बन्नु परेकाे छ।

लामाे समयदेखि काठमाडाैँमा बसेर देश र विभिन्न पार्टी हाँकिरहेका एकीकृत समाजवादीका अध्यक्ष गृह नगर गौर पुग्दा केही मतदाताहरूले नाराबाजी गरेका छन्। आज बिहान मतदान गर्न पुगेका उनीविरूद्ध केही मतदाताहरू उत्तेजित बनेर नाराबाजी गर्दै आक्रमण गर्न समेत जुटेका थिए। सुरक्षाकर्मीले उनलाई स्कटिङ गरेर निवासमा पुर्‍याएका थिए।

त्यस्तै नेपाली काँग्रेस नेता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री पनि आफ्नै मतदाताहरूबाट लखेटिएका छन्। सुनसरी बराहक्षेत्र– ६ काे मतदान केन्द्रमा मत दिन पुगेका कार्कीलाई अमेरिकी सहयाेग परियाेजना एमसीसी पास गरेकाे भन्दै मतदाताले नारबाजी गर्दै लखेटेका थिए। मन्त्री कार्कीविरूद्ध ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’ भन्दै भोटरहरू उग्र बन्न थालेपछि उनी भाेटै नहाली सुरक्षित स्थानतर्फ लागेकाे सुरक्षा स्राेतले जनाएकाे छ।

त्यस्तै मतदान गर्न गृह नगर गाेरखाकाे पालुङटार पुगेका जसपा अध्यक्ष भट्टराईले कानुनकाे सामान्य जानकारी नराख्दा चाैतर्फी आलाेचित हुनु परेकाे छ। गाेप्य रूपमा मतदान गर्नु पर्ने आचारसंहितामा भएपनि उनले आफूले स्वस्तिक छाप लगाएकाे मतपत्र फाेटाे खिचेर सामाजिक सञ्जालमा राख्दा मतदाताबाटै आलाेचित भएकाे छन्। साेही विषयलाई लिएर यतिबेला सामाजिक सञ्जालमा चाैतर्फी आलाेचना भएकाे छ। भने, निर्वाचन आयाेगले स्पष्टीकरण समेत साेधेकाे छ।

त्यस्तै माओवादी अध्यक्ष प्रचण्डले स्वस्तिक छापा लगाएकाे मतपत्र पट्याउन नजानेर अन्य व्यक्तिलाई दिँदा उनीमाथि आशंका पैदा भएकाे छ। गाेप्य राखिनुपर्ने मतदानमा मतपत्र अरूलाई पट्याउँदा दिँदा खिचिएकाे भिडियाेमा उनले लगाएकाे स्वस्तिक छापा देखिएकाे भन्दै विराेध हुन थालेकाे छ। केहीले त प्रचण्डले तालमेल गरिएका अन्य पार्टीलाई समेत मत नदिएकाे भिडियाेमा देखिएकाे बताएका छन्।

प्रकाशित मिति: : 2022-05-13 22:40:00

प्रतिकृया दिनुहोस्