आइतबार, ०७ सेप्टेम्बर २०२५

अब अमेरिका प्रवेश गर्दाे काेराेना परीक्षण गर्नु नपर्ने

Photo: Agency
• • •

अमेरिकी राष्ट्रपति जाे बाइडेन प्रसाशनले अन्य देशबाट अमेरिका आउने यात्रुहरुको लागि उडानको एक दिन पहिले गर्नुपर्ने कोभिड- १९ को अनिवार्य परीक्षणको नियम हटाएकाे छ।

ह्वाइट हाउसको एक वरिष्ठ अधिकारीले पत्रकारहरुलाई रोग नियन्त्रण एवं रोकथाम केन्द्र (सीएसडीएस)ले हाल यस्तो परीक्षणको आवश्यकता नभएको जनाएको छ। ती अधिकारीले हरेक ९० दिनमा परीक्षणको आवश्यकताको पुनर्मूल्यांकन गर्ने र यदी आवश्यक  देखिएमा नियम पुन: सुचारु गर्न सकिने बताएका छन्।

विगतमा कोरोना पश्च्यात देखिएको डेल्टा भेरियन्टको कारण अमेरिका आउने हरेक यात्रुले ७२ घण्टाअघि कोरोना नेगेटिभ भएको प्रमाण पेस गर्नु पर्थ्यो र यो नियम कोरोनाविरुद्ध खोप लगाएका मान्छेहरुको लागि पनि अनिवार्य थियो।

अमेरिकामा हालसम्म कोरोना महामारीको कारण १० लाख ३५ हजार ३ सय २० को मृत्यु भएको छ। अमेरिकामा प्रतिदश लाख मान्छेहरुमा कोरोनाको कारण मृत्यु भएका मान्छेहरु ३ हजार ९३ छ जो विश्वमै दोश्रो हो। यही कारण यहाँ कोरोना रोकथामको नियम अत्यन्तै कडा गरिएको छ।

शनिबार, जेठ २८, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)