रिलायन्स लाइफ इन्स्योरेन्सकाे सधारण सभा सम्पन्न

ममता आचार्य

काठमाडाैं

रिलायन्स लाइफ इन्स्योरेन्सकाे विशेष साधारण सभा सम्पन्न भएकाे छ। कम्पनीले साेमबार काठमाडाैँकाे नयाँ बानेश्वरस्थित अनमाेल बैङक्वेटमा सभा सम्पन्न गरेकाे हाे।

सभाले कम्पनीको पूँजी बृद्धि गर्ने एवम् अन्य व्यवस्थाहरू समेत समावेश गरी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय गरेकाे छ।

कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै सुझाव वा निर्देशन भएमा सोलाई समावेश गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी दिने, पूँजी वृद्धिको आवश्यकतालाई दृष्टिगत गर्नेदेखि भविष्यमा अन्य कुनै जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्नेसम्मका प्रस्तावहरू आएका थिए।

त्यस्तै उपयुक्त जीवन बीमा कम्पनीको पहिचान र छनौट गर्ने, समझदारीपत्रमा हस्ताक्षर गर्ने, सो को आधारमा सैद्धान्तिक स्वीकृतीको लागि बीमा समिति समक्ष निवेदन दिने, आवश्यकताअनुसार सम्पत्ति तथा दायित्वहरुको मूल्याङ्कन गर्न परामर्शदाता, मूल्याङ्कनकर्ता तथा लेखापरीक्षकहरु नियुक्त गर्ने, निजहरुको पारिश्रमिक तोक्ने तथा एकआपसमा गाभ्नेरगाभिनेसँग सम्बन्धित प्रचलित नियम कानून तथा निर्देशनहरु बमोजिम अपनाउनुपर्ने तथा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्य, प्रक्रियाहरु पूरा गरी अख्तियार प्राप्त निकायबाट अन्तिम स्वीकृती लिने तथा सो सन्दर्भमा नियामक निकायहरुले निर्देशन गरे बमोजिम विवरण उपलब्ध गराउने लगायतका कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिनुपर्ने प्रस्ताव उल्लेख छन्।

प्रस्तुत प्रस्तावमा छलफलकाे लागि बैठक राखिएकाे कम्पनीका प्रमुख कार्यकारी अधिकृत राकेश पाेख्रलले जानकारी दिए।

कम्पनीमा कुनै त्रुटि, समस्या र दखल नपर्ने गरी सधैंं राम्रो गर्दै लैजाने प्रतिवद्धता जनाउँदै सभामा उपस्थित सबैलाई धन्यवाद दिँदै कम्पनीका अध्यक्ष ताराचन्द्र केडियाले कार्यक्रम समपन्न गरेका थिए। सभामा प्रमुख कार्यकारी अधिकृत राकेश पाेख्रेल, अध्यक्ष ताराचन्द्र केडिया, सचिव मुना पाैडेल र शेयरधनीहरुलगायत सबै सहभागी थिए। कार्यक्रमकाे उद्घोषक सचिव पौडेलले गरेकी थिइन्।

प्रकाशित मिति: : 2022-07-04 17:45:00

प्रतिकृया दिनुहोस्